मेयर हर्क साम्पाङको खानेपानी योजनाको निमित्त सुनिता लिम्बु थेवेको एकल सांस्कृतिक प्रस्तुती

युके, २८ मे २०२३ का दिन सुनिता लिम्बु थेवेको एकल सांस्कृतिक कार्यक्रम आसफोर्डको सिंगलटन हलमा सम्पन्न भएको छ ।

धरानका मेयर हर्क साम्पाङद्धारा संचालित खानेपानी योजना तथा श्रमदान शिवीरको सहयोगार्थ गायिका थेवेले एकल सांस्कृतिक कार्यक्रम गरेकी हून । उनले लगातार आफ्नै स्वरमा रेकर्डेड गीत र अन्य गीतहरु गरि करिब डेढ दर्जन गीत गाएर मनोरन्जत दिलाईन । उनी गोर्खा पल्टन भित्र चिरपरिचित कलाकार हुन । उनका हावाले पनि उडाउछ मलाई र अन्जानैमा आज भेट भयो सोल्टि हजुर बोलका गीत लोकप्रिय छन ।

पल्टनको नम्बरी भेला, पारिवारिक भेला, सिंगलटन हलको प्रस्तुती र अब हुन गईरहेको टिटवर्थको प्रस्तुतीबाट संकलित रकम धरान पठाउने गायिका थेवेले बताईन । कति रकम संकलन होला त भन्ने प्रश्नमा उनीले भनिन यति नै भन्न नसकिने अहिले तर सबैले साथसहयोग दिईरहनु भएको छ रामैहोला भन्ने विश्वास गरेको छु । गायिका थेवे पनि धरान निवासी हुन र उनका श्रीमान बृट्रिस सेनामा मेजर एवं गीतकार पनि हुन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*