युमा धर्म समेटेर पुनः तथ्यांक सार्वजनिक गर’ – युमा साम्याे अभियन्ताहरू

९ जून, लन्डन । युमा धर्मलाई समेटेर राष्ट्रिय जनगणनाकाे नयाँ तथ्यांक सार्वजनिक गर्न युमा साम्याे पक्षधरहरूले माग गरेका छन् । उनीहरूले याक्थुङ लिम्बु समुदायको माैलिक धर्म युमा साम्याे(धर्म) भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

बाह्रौं राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले युमा धर्म नसमेटेकाे भन्दै युमा साम्याे महासभा, अन्तर्राष्ट्रिय समन्वय समितिले आपत्ति जनाएको छ । अध्यक्ष दिलसिङ मेन्याङ्वाे र सचिव तिलविक्रम थेवेले विज्ञप्ति जारी गर्दै याक्थुङ लिम्बु समुदायको माैलिक आस्था, विश्वास र भावनासँग जाेडिएकाे आदिमकालदेखिकाे धर्म युमा भएको भन्दै नसमेटिएमा या नतिजा सुधारेर पुनः तथ्यांक सार्वजनिक नगरिएमा सख्त विराेधमा उत्रन चेतावनी दिएका छन् ।

यसैगरी, याक्थुङ चुम्लुङ, अन्तर्राष्ट्रिय समन्वय समितिले समेत जनगणनामा युमा धर्म उल्लेख नगरेकोमा विराेध गर्दै विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा अध्यक्ष लाेकेन्द्र तबेबुङ र महासचिव तिलविक्रम थेवेकाे हस्ताक्षर रहेको छ । याक्थुङ चुम्लुङ(याचु)ले समुदायको माैलिक धर्म उल्लेख गर्ने कुरा संवैधानिक अधिकार रहेको भन्दै हज्जाराैँ जनाले साेही मुताबिक युमा धर्म लेखेको दाबी गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*