राेमानियामा उभौली पर्व सम्पन्न

रोमानिया बुकारेस्ट ।
गत ९ मे २०२३ का दिन राेमानियाको बुकारेस्टस्थित नेपाल किराँत समावेशी सेवा समाज रोमानियाले विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरेर उभौली पर्व मनाएको छ ।

रोमानियास्थित अवैतानिक शाखा दूतावासका प्रतिनिधि नबराज पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । किराँतहरुको महान पर्वको रुपमा रहेको उधौलीमा साँस्कृतिक कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि पोख्रेलले प्रवासमा रहेका नेपालीहरुलाई एकै ठाउँमा ल्याउन मद्दत गरेको बताउनु भयो।

यस्तो खालको कार्यक्रमले प्रवासमा रहेका सबै नेपालीलाई एकै ठाउँमा जोडेर शुभकामना आदानप्रदान गर्ने अवसर समेत जुरेको पोख्रेलले बताउनु भयो । समाजका अध्यक्ष गौरिमान लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा योगेश लिम्बू र आकृती लिम्बुले संयुक्त रुपमा संचालन गर्नु भएको थियो। सो अवसरमा साकेला नाच प्रस्तुत गरिएको थियो ।

– यानिन्द्र तिगेला

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*