दुरा सेवा समाज बेलायतको १५औं बार्षिक उत्सव तथा नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न

लण्डन, गत जुन १० तारिख २०२३ शनिबारको दिन ईस्टली युथ कम्युनिटी ट्रस्ट इस्टली हेम्पशेयर मा दुरा सेवा समाज बेलायतको पन्ध्रौं बार्षिक उत्सव र बि. स. २०८० साल नयाँ वर्षको शुभकामना औपचारिक कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भयो।

कार्यक्रम दुई चरणमा भएको थियो। पहिलो चरणमा शुभकामना र सम्मान कार्यक्रम थियो भने दोश्रो चरणमा मनोरञ्जनात्मक तम्बोला खेल र सास्कृतिक कार्यक्रम भएको थियो।

कार्यक्रम सस्थाका अध्यक्ष फारम बहादुर दुराको अध्यक्षतामा र गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतिथ्यमा भएको थियो।

पानसमा दिप प्रज्वलनका साथ ऐतिहासिक पुर्खा खजे दुराको तष्बिरमा अबिर खादा अर्पण गर्दै क्यान्डल बाली नेपालको राष्ट्रीय गान, आदिवासी जनजातिको राष्ट्रीय गान र सयुक्त अधिराज्य बेलायतको राष्ट्रीय गान गाएर सुभारम्भ भएको थियो । हेल्थ एण्ड सेफ्टी स्नेहा दुरा र स्वागत मन्तब्य संस्थाका उपाध्याक्ष श्री देव बहादुर दुरा बाट भएको थियो।

दिबंगत हुनु भएका सस्थाका सदस्यहरूको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो।

दुरा जाति सङ्ख्यात्मक हिसाबले थोरै भए पनि गुणात्मक हिसाबले अति सम्बेदनशील, लगनशील बौद्धिक तवरले एडभान्स भएको महसुस भयो। नेपाल देखि बेलायतमा दुरा समाजको उत्थान आफ्नो इतिहास र सस्कृतिको मौलिक परिचय र भाषा सस्कार सस्कृतिलाई जोगाइ राख्न विशेष महत्त्वपूर्ण योगदान रहेको कुरा नेपाल आदिवासी जनजाति महासंघ नेपालका पुर्ब सचिव तथा दुरा सेवा समाजका संस्थापक अध्यक्ष श्री भक्त बहादुर दुरा र दुरा सेवा समाज बेलायतका सस्थापक अध्यक्ष कर्ण बहादुर दुरा ज्युले बताउनु भयो । दुरा समुदायको मुल बस्ती लम्जुङ्को दुराडांडां नै मानिन्छ । दुराहरु कहाँबाट कुन कुन काल खण्डमा कुन परिस्थितिमा कुन कुन स्थानबाट दुराडांडां आइपुगे भन्ने बारे छिटपुट बर्णन भेटिए पनि कुनै सग्लो र स्पष्ट विवरण भने देखिदैन ।

ऐतिहासिक स्थल सिंदुरे ढुङ्गामा ऐतिहासिक पुर्खा खजे दुरा, कुष्माकर घिमिरे लगायतका पुर्खाले कास्कीका तत्कालीन राजा कुलमन्डन शाहका छोरा यशोब्रम्हा शाहलाई १५५० आषड १५ गते सिन्दूर जात्रा गरि राज्याभिषेक गरि सिन्दुर जात्रा गरि लमजुङ्को राजा बनाएको इतिहास छ। यहि बाट नेपालमा शाह बंशको राज्य शुरु भएको कुरा अत्यन्त महत्वपूर्ण रोचक इतिहास बोकेको जाति दुरा भएको जानकारी गरिएको थियो ।

बेलायतमा आएका नवआगंतुक सदस्य ज्युहरू, नब बिबाहित दाम्पत्य जोडीहरु, उच्च शिक्षा हासिल गरेका सबिना दुरा र प्रमिला दुरा, समाज सेवामा विशेष योगदान पुर्याउनु हुने श्रीमती गङ्गा माया दुरा ( आदिवासी जनजाती महिला महासंघकी बरिष्ठ उपाध्यक्ष ) पुर्व अध्यक्ष इन्द्र बहादुर दुरा र बरिष्ठ उपाध्यक्ष स्वर्गीय हरि बहादुर दुरालाइ दोसल्ला, खादा, फुलका गुच्छाले र सम्मान पत्रले सम्मान गरिएको थियो।साथै गोर्खा कपमा छेलो प्रतियोगितामा दोश्रो हुनु भएका सन्जय दुरा, महिला भलिबलमा बेस्ट अवार्ड प्राप्त गर्नु हुने कविता दुरालाइ जेष्ठ नागरिक र अतिथि बाट सम्मान र बधाई दिने ब्यवस्था गरिएको थियो।

विशेष अतिथिमा आदिवासी जनजाति महासंघ नेपालका पुर्व सचिव श्री भक्त बहादुर दुरा, आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कमानसिङ कर्मा पहाडी शेर्पा, महिला महासंघका बरिष्ठ उपाध्यक्ष गंगामाया दुरा, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गोमा राना, लम्जुङ समाजका अध्यक्ष दल बहादुर गुरुङ र वहाँको धर्म पत्नी, मगरसंघ युकेका निबर्तमान अध्यक्ष सुनिल राना, दुरा सेवा समाजका सस्थापक अध्यक्ष कर्ण बहादुर दुरा पुर्व अध्यक्षहरु लगायतका विभिन्न ब्यक्तिको उपस्थिति र शुभकामना मन्तव्य रहेको थियो।

सस्थाका महासचिव हिमान सिंह दुराले कार्यक्रम सन्चालन गरेका थिए।

अन्त्यमा समाजका अध्यक्ष फ्रमबहादुर दुराले उपस्थित सम्पुर्ण अतिथि , दुरा सेवा समाजको यो बृहत कार्यक्रममा महत्वपुर्ण भुमिका निभाउनु हुने सम्पुर्ण महानभावहरूलाई धन्यवाद टक्रयाउदै पहिलो चरणको कार्यक्रम अन्त घोषणा गर्नु भएको थियो ।

दुरा सेवा समाजको दोश्रो चरणको कार्यक्रममा बिंगो, सांस्कृतिक कार्यक्रम र मिठो भोजनका साथ कार्यक्रम समाप्त भएको थियो ।

– गोमा राना

1 Comment

  1. हामी दुराहरूको बारेमा लेख्नु भएको समचार पढ्न पाउदा खुसी लाग्यो हार्दिक धन्यबाद टक्रयाउछु ।

Leave a Reply

Your email address will not be published.


*