आज लण्डनमा गोर्खा विषयमा वार्ता हुदै, दबाबको निमित्त भेला हुन आब्हान

आज १५ जुन २०२३ का दिन गोर्खाको समस्या समाधानको निमित्त नेपाल सरकार, गोर्खा संगठनका प्रतिनीधि र बेलायती सरकार बीच वार्ता हुने भएको छ ।

सरकार सरकार अर्थात गभमेन्ट टु गभमेन्ट (जि टु जि) वार्ता श्रृखलाबद्ध चलिरहदा वेलायतको पक्षबाट थोरै गोर्खाहरु मात्र असन्तुष्टि हुन भनी सरकारमा रिपोटिग गरेको पाईएकोले भोली रक्षा मन्त्रालय भित्र वार्ता हुदैगर्दा वार्तास्थल अगाडी सयौको संख्यामा उपस्थिती भईदिन सत्याग्रह लगायत सबै गोर्खाजन्य संगठनहरुले आग्रह गरेका छन ।

आजको वार्तामा दुवै खुटा गुमाएका र कृत्रिम खुट्टाको भरमा भर्खरै मात्र सगरमाथा चढेर विश्व किर्तिमानी हरि बुढामगर पनि सहभागी रहने जनाईएको छ । उनले अफगानिस्थानको युद्धमा दुवै खुट्टा गुमाएका हुन ।

गोर्खा, गोर्खा परिवार, भाञ्जाभान्जि र शुभेच्छुक सबैलाई विहान ११ बजे लण्डनको गोर्खा मूर्ति अगाडी भेला भईदिन आग्रह गरेको छ । वार्तामा ब्यूरोक्रेटहरु रहनेछन र आजको वार्ताले सिफारिस गरेको आधारमा भविश्यमा राजनैतिक निर्णण हुने भएकोले आजको वार्ता अति महत्वपूर्ण हुने कुरा सत्याग्रहका निर्देशक ज्ञानराज राईले बताएका छन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*