यहि २८ मे का दिन हुने गोर्खा कपमा ४४ टिम भिड्दैः पोखराबाट पनि सहभागी, राजकुमार र राजकुमारी पनि सहभागी नेरु ७० लाख खर्च गरिन्दै

४२ हजार पाउन्ड खर्च, ग्रीस र डेनमार्कका राजकुमार फिलिपोस र राजकुमारी नीना सहभागि हुने

मिचेट । यहि २८ मे आईताबारका दिन हुने गोर्खा कपमा ४४ टिम भिड्ने भएका छन भने यो बर्ष पोखराबाट पनि फूटबल टिम आउने भएका छन र यस पटकको खेलमा डेनमार्कका राजकुमार र राजकुमारी पनि सहभागी हुनेछन । खेल लगभग ४२ हजार अर्थात नेरु ७० लाख खर्च हुने जनाएका छन । कार्यक्रमको तयारी पूरा भएको जनाएका छन । तमुधिं यूकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा आफ्नै भवन द तमु नेप्लिज कम्यूनिटी सेन्टर मिचिटमा आइतबार आयोजिन पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

गोर्खा कपको तयारी पूरा भएको र केही नयाँपन थपिने भन्दै सबै जनालाई क्युइन्स ऐभ्न्यू फुटबल ग्राउन्डमा उपस्थितिका लागि अध्यक्ष हरि गुरुङले अपिल गरे ।

पत्रकारहरु, तमुधिँका कार्यसमिति, सल्लाहकार र केही विशिष्ट व्यक्तिहरु उपस्थित कार्यक्रममा नयाँ स्पोर्टस् सेक्रेटरी तथा २१औं गोर्खा कप संयोजक क्या. दिपक घलेले २८ मे मा हुने भव्य कार्यक्रमबारे विस्तृत रुपमा प्रस्ट्याएका थिए ।

गोर्खा कपको उद्देश्य, आकर्षण, जिम्मेवारी, कार्य समूहको नियुक्ति, कार्ययोजना, समय रेखा, पुरस्कार, प्रायोजक, साइट लेआउट, खर्च, घटना सुरक्षा योजना, विविध बिन्दुहरुका बारे पावरपोइन्टको माध्यमबाट क्या. घलेले छर्लङ्ग पारेका थिए । यस पटक फुटबलमा टोटल ४४ वटा टिमले भाग लिने भएको छ । मुख्य टिममा ३२ टिम, भेट्रेनबाट १० टिम र लेडिजका २ टिम हुने जनाएको छ । पहिलो पटक पोखरा नेपालबाट “पोखरा ११”का खेलाडीहरु पनि भाग लिन आउने निश्चित भैसकेको छ । वेल्स र नेदरल्यान्डबाट पनि भाग लिने भएको छ । फुटबलको प्राय: पुरस्कारहरु प्रायोजकहरुबाट प्रबन्ध गरिएको बताइन्छ ।

पहिलो पुरस्कार नेपाल भिलेज टिमबाट २ हजार ५ सय पाउन्ड, दोस्रो श्री लक्की ज्वेलर्स, अल्डरसटबाट १ हजार ५ सय पाउन्ड, भेट्रेनको पहिलो पुरस्कार हेम्पसायर एकान्टेन्ट लिमिटेडबाट १ हजार २ सय पाउन्ड, दोस्रो मान ट्राभलबाट ८ सय पाउन्ड, लेडिज प्रथमलाई आइएमई नेपालबाट ५ सय पाउन्ड, लेडिज दोस्रोलाई ३ सय पाउन्ड किङ्ग्स गेट मोर्गेजेजबाट र घले मोगेजेजबाट १ हजार ६ सय पाउन्ड स्पोन्सर गरिने घलेले बताए ।

फुटबलबाहेक सांस्कृतिक नृत्य, कला र शिल्पका स्टल, कपडा दोकान, खाना र रेस्टुरेन्ट, व्यापारिक स्टलहरु, परोपकारी स्टलहरु, प्यारासुट डिस्प्ले हुनेछन् । ८३ वटा स्टल हुने आयोजकले जनाएको छ । जसमध्ये १४ वटा खानाको मात्रै स्टलहरु हुनेछन् ।

छेलो प्रतियोगिता पनि राखिएको घलेले बताए । छेलोको प्रथम पुरस्कार ४ सय पाउन्ड सेवा मोर्गेजेजले उपलब्ध गर्ने जनाइएको छ । सांस्कृतिक नाचका लागि एभरेस्ट क्यास एन्ड क्यारीले ५ सय पाउन्ड प्रायोजन गर्ने जनायो । पोटलु अभियानबाट १३० जना तमुधिं सदस्यहरुले ५० पाउन्डको दरमा सहयोग गर्ने कोषाध्यक्ष दुर्ग गुरुङले बताए ।

४२ हजार पाउन्ड खर्च लाग्ने र ५४ हजार आम्दानी हुने अनुमान गरिएको छ ।

यसपटक गोर्खा कपको भिभिआइपीहरुमा ग्रीस र डेनमार्कका राजकुमार फिलिपोस र राजकुमारी नीना सहभागि हुने जनाएको छ। महानायक राजेश हमाल, गायक धिरज राईको पनि उपस्थिति रहने एसके गुरुङले गोर्खा मिडियालाई बताए । पत्रकारहरुको जिज्ञासालाई संयोजक घले र अध्यक्ष गुरुङले पूरा गरेका थिए । कुमार गुरुङको संयोजकमा टिम ड्र गराएको थियो । कार्यक्रममा पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुवराज अर्याल लगायत दर्जन बढी सञ्चारकर्मीहरुको सहभागिता थियो ।

महासचिव डा. विशाल गुरुङले संचालन गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए । मिडिया सेक्रेटरी सविन्द्रकुमार गुरुङले पत्रकारहरुको परिचय र प्रश्नोत्तर कार्यक्रम संचालन गरेका थिए ।

यसैबीच, कार्यक्रमको प्रारम्भमा तमुधिं यूकेका संरक्षक एवं एनआरएनएका पूर्वअध्यक्ष डा शेष घले र राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीलाई तमुधिंले स्वागत गरेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*