किरात याक्थुङ पतङवा भेला केन्टमा सम्पन्न

गत ३ जुन २०२३ का दिन किरात याक्थुङ पतङवा सयङ युकेकाे आठाैं बार्षिक भेला सम्पन्न भएकाे छ । अस्फाेर्ड केन्टकाे Godinton village सभा हलमा पतङवा बंशजहरुकाे बाक्लाे उपस्थितिमा कार्यक्रम सम्मपन्न भएकाे थियाे ।

यस किरात याक्थुङ पतङवा संयङले प्रत्येक बर्ष यस्ता भेला गर्दै आएकाे र यस युके भरि बसाेबास गर्ने किरात याक्थुङ पतङवा संयङ परिवार दाजु भाइ दिदी,बहिनी,साथै छाेरी,चेली सम्बन्धित नातागाेतहरु सबै भेला भएर आफ्ना सयङकाे बारेमा भुलाकुसारी गर्ने साथै दुख,सुखका बारेमा एक अर्कामा आदान,प्रदान गर्ने र युकेमा नव प्रबेशि दाजु भाई बंशजहरु संग भेटाघाट हुने । साथै संयङकाे भावि दिनकाे लागि बिभिन्न बिषय उपर छलफल गर्न प्रत्येक बर्षकाे एक पटक यस्ताे कार्यक्रम आयाेजना गरिएकाे सयङका संयाेजक निर्मल पतङवाकाे भनाई छ ।

हरेक बर्ष यश किरात याक्थुङ पतङवा सयङकाे भेला भएता पनि गएकाे साल विश्व महामारी काेभिडले गर्दा सयङकाे भेला हुन सकेन तर याे पालिकाे आठाैं बार्षिक भेला यस आस्फाेर्ड केन्टमा गरिएकाे हाे । यसरी बर्षकाे एक पल्ट सयङकाे भेला गरिएन भने आफ्ना सयङहरु युके भरीमा कति छन कति भर्खरै आएका छन भन्ने थाहा नहुन्दाेरहेछ । तर यसरी भेटघाटकाे कार्यक्रम बर्षकाे एक पटक गरियाे भने सबैसंग भेट हुने । चिनजान पनि हुने आयाेजकहरु बताउछन ।

कार्यक्रम बिहान १२ बजे देखि सुचारु भई नाचगान सहित साझ ९ बजे सम्म संचालन भएकाे थियाे भने निर्मल पतङवाकाे सभापतित्व रहेकाे थियाे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*