चुम्लुङ बुसानले लोकसेवा तयारीका लागि एक लाख रुपैयाँ दिने

१४ जून, बुसान(दक्षिण काेरिया) । याक्थुङ लिम्बुहरूको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ बुसान कोरिया शाखाले लोकसेवा तयारी गरिरहेका लिम्बुहरू लाई प्रोत्साहन रकम प्रदान गर्ने भएको छ ।

५० लाख वनको अक्षय कोष निर्माण गरी लोकसेवा तयारी गरिरहेका ५ जना लिम्बुहरू लाई जनही २० हजार रुपैयाँको दरले प्रदान गरिने कियाचु बुसान शाखाका अध्यक्ष सन्जोग कन्दङवाले बताए ।

सरकारी सेवामा समुदायगत चासो अभिवृद्धि गराउने उद्देश्यले प्रोत्साहन रकम प्रदान गर्न लागिएको हो ।

लोकसेवा तयारी कक्षाको प्रोत्साहन रकम प्राप्त गर्नको लागि लोकसेवा परीक्षाको आवेदन दिएको र हाल सम्म कुनै सेवा तथा जागीरमा नभएको हुनु पर्ने र लिम्बू समुदायकै हुनु पर्ने प्रावधान रहेको समेत उनले बताए ।

अध्यक्ष कन्दङ्वाका अनुसार सोही अक्षय कोष मार्फत लिम्बू समुदायको गरीब तथा जेहेन्दार विद्यार्थीहरु लाई एक लाख रुपैयाँको छात्रवृत्ति र लिम्बू समुदायमा विशिष्ट योगदान दिएका व्यक्तिलाई एकलाख रुपैयाँ राशिको कियाचु बुसान पुरस्कार समेत प्रदान गरिनेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*