रेशम चौधरीलाई माफी दिने प्रक्रिया अन्तिम चरणमा, राष्ट्रपतिसमक्ष पुग्यो माफी निवेदन

काठमाडौं । सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्युका जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर जन्मकैदको सजाय सुनाइएका चौधरीलाई केही समयअघि सर्वाेच्चले पनि उक्त फैसला सदर गरेको थियो ।

तर, पूर्वसांसद समेत रहेका चौधरीको बाँकी कैद सजाय
मिनाहाका लागि माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयसमक्ष पुर्याइएको छ । हाल चौधरीकी पत्नीमसेत रहेकी रन्जिता श्रेष्ठ मन्त्रीसमेत रहेकी छन् । र, उनी श्रीमानको रिहाईको सर्तअनुसार नै गठबन्धनमा सामेल भएर मन्त्री बनेको चर्चा छ ।

र, अहिले गठबन्धनमा भएको छलफलअनुसार नै रेशमको माफीको तयारी अघि बढाइएको छ । जुन अन्तिम चरणमा पुगेको बताइन्छ । रेशमलाई माफी दिएर सरकारलाई थप टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलमा छन् । र, उनी राष्ट्रपतिलाई यस विषयमा पटकपटक भेटेर वार्ता गरेको बुझिएको छ ।

यहिँ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रेशमलाई सजाय माफी दिन लागिएको छ । चौधरी २०७४ फागुन १५ देखि डिल्लीगार कारगारमा रहेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*