धनकुटा १ हिलेमा अचार, गुन्द्रुक, मस्यौरा, र किनिमा बनाउने तथा यसको प्याकेजिङ र ब्राण्डिङ सम्बन्धि ७ दिने तालिम सुरु

धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर १ हिलेमा घरेलु कार्यालय धनकुटाको आयोजनामा ७ दिने अचार, गुन्द्रुक, मस्यौरा, र किनिमा बनाउने तथा यसको प्याकेजिङ र ब्राण्डिङ गर्ने तालिमको सुभारम्भ भएको छ । तालिमको संयुक्त रुपमा घरेलु कार्यालय धनकुटाका प्रमुख ईश्वर थापा र कृषि पर्यटन अभियन्ता जीवनप्रसाद राईले उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथिको आसनबाट कृषि अभियन्ता राईले घरेलु कार्यालय धनकुटाले हिलेका महिलाहरुलाई परम्परागत रुपमा नेपालीहरुको खाने परिकारलाई आधुनिकता दिदै यसको ब्राण्डिङ, प्याकेजिङ गरि राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा पुर्याउने उद्धेश्यका साथ तालिम संचालन गर्न लागेकोमा हार्दिक धन्यवाद ब्यक्त गर्नुभयो । यसका साथै हिलेका महिला दिदीबहिनीहरुले तालिम पश्चात उत्पादन हुने बस्तुहरुको बिक्री वितरणमा समेत सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएको घरेलु कार्यालय धनकुटाका प्रमुख थापाले यस खालको तालिम घरेलु कार्यालय र स्थानीय सरकारहरु संगको सहकार्य तथा आफ्नै आयोजनामा समेत गर्ने गरिएको बताउनु भयो । यस तालिमले हिलेमा परम्परागत रुपको नेपाली खानेकुराहरुको ब्राण्डिङ भई राम्रो संग बजारीकरण हुनेमा आफु बिश्वस्त रहेको बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रम उद्घाटनका क्रममा सल्भ नेपालका सचिव ज्योति प्रधानले समेत आफ्नो मन्तब्य राख्नु भएको थियो । घरेलु कार्यालयका कर्मचारीहरु अर्जुन गिरी, बिकास कार्की र अर्जुन कार्कीको समेत उपस्थिति थियो ।

तालिममा हिलेका १५ जना उधमी महिलाहरुको सहभागिता रहेको छ । यसको प्रमुख प्रशिक्षकको रुपमा रेणु श्रेष्ठ र सहायक प्रशिक्षकको रुपमा अन्जु प्रधान बुढाथोकी रहेका छन ।

कार्यक्रमको संचालन बिकास कार्कीले गर्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*