मुख्य-समाचार

पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाइनुपर्छ ः मन्त्री किराती

January 31, 2023 मोहन राई 0

काठमाडौँ, १७ माघ (रासस) :संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउनुपर्नेमा जोड दिनुभएको छ । पशुपति क्षेत्र विकास कोषका गतिविधिका बारेमा […]

मुख्य-समाचार

सर्वोच्चको पूर्ण पाठपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुने

January 31, 2023 मोहन राई 0

काठमाडौँ, १७ माघ (रासस)ःप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री […]

मुख्य-समाचार

इङ्वाखोला जलविद्युत् आयोजनाले जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने योजना

January 31, 2023 मोहन राई 0

पाँचथर, १६ माघ (रासस) :आगामी २०८० जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने योजनासहित इङ्वाखोला जलविद्युत् आयोजना निर्माण कार्य भईरहेको छ । पाँचथरको याङवरक गाउँपालिकामा निर्माणाधीन यो आयोजनाबाट आगामी वैशाख १५ गतेभित्र परीक्षण उत्पादन थाल्ने तयारी […]

मुख्य-समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री

January 31, 2023 मोहन राई 0

काठमाडौँ, १७ माघ (रासस) :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताउनुभएको छ । नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा […]

मुख्य-समाचार

पोखरा हवाई दुर्घटना ः छ जनाको ‘डिएनए’ परीक्षण सुरु

January 31, 2023 मोहन राई 0

काठमाडौँ, १७ माघ (रासस) :पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव […]

मुख्य-समाचार

होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन महानगरको आग्रह

January 31, 2023 मोहन राई 0

विराटनगर, १७ माघ (रासस) :नगर क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा होटल तथा मदिरा व्यवसायीले पनि साथ दिनुपर्ने महानगरको आग्रह छ […]

अन्तर्राष्ट्रिय

पुटिनले आफुमाथि क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएको बोरिस जोनसनको दावी

January 31, 2023 सम्पादक 0

३० जनवरी २०२३, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रूसी सेनालाई प्रवेश गर्न आदेश दिनुअघि आँफूलाई व्यक्तिगत रूपमा लक्षित गरी क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिनुभएको पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताउनुभएको छ । बीबीसीको सोमबार प्रसारण […]

अन्तर्राष्ट्रिय

क्यानाडामा आदिवासी बालबालिकाको चिहान ‘नरसंहार’ को प्रमाण भएको इरानी दाबी

January 31, 2023 सम्पादक 0

३० जनवरी २०२३, इरानले क्यानडामा हालै ‘निर्दोष’ आदिवासी बालबालिकाको नयाँ सामूहिक चिहान फेला पर्नु ‘ठूलो मानवीय त्रासदी’ को प्रमाण भएको बताउनुभएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले मन्त्रालयको वेबसाइटमा प्रकाशित एक वक्तव्यमा नासेर कनानीले चिहानको […]

थप >>

अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

January 31, 2023 मोहन राई 0

काठमाडौँ, १७ माघ (रासस) :नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, […]

मुख्य-समाचार

राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै

January 31, 2023 मोहन राई 0

नारायणी रजौरे/दाङ, १७ माघ (रासस) : द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको सो पार्कको अवलोकन गर्ने आउनेहरुको दिनहुँ […]

स्थानीय

चुलाचुली गुफाको संरक्षण थालियो

January 31, 2023 मोहन राई 0

भोजपुर, १७ माघ (रासस)ः भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको आश्चर्य लाग्दो चुलाचुली गुफाको संरक्षण गर्न थालिएको छ । गाउँपालिकाले आर्थिक स्रोतको रुपमा जोड्न गुफाको संरक्षण गर्न लागेको हो । यो ठाउँको प्रचार प्रसार गर्दै आन्तरिक […]

मुख्य-समाचार

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

January 31, 2023 मोहन राई 0

सुशीला रेग्मी/रामपुर (पाल्पा), १७ माघ (रासस) : पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने […]

स्थानीय

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

January 31, 2023 मोहन राई 0

धनकुटा, १७ माघ (रासस):बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा […]

स्थानीय

भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि

January 31, 2023 मोहन राई 0

भोजपुर, १७ माघ (रासस):भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो । यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला […]

मुख्य-समाचार

खोटाङको ऐसेलुखर्कमा एघार वर्षपछि कलाकार बाङ्देलको सालिक उद्यानमा राखियो

January 31, 2023 मोहन राई 0

खोटाङ, १७ माघ (रासस):वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको सालिक एघार वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उहाँको अर्धकदको सालिक ऐसेलुखर्क–१ राखाबाङ्देलको शुक्रबारेडाँडास्थित बेनेसेनमा उद्यानमा […]

NRN Special

एनआरएनए यूकेको जनवरी महिनाको निशुल्क स्वास्थ्य शिविर: ४ दर्जन वयोवृद्ध लाभान्वित

January 31, 2023 सम्पादक 0

लन्डन । गत ३० जनवरी २०२३ का दिन एनआरएनए यूकेले अल्डरसटस्थित आफ्नै कार्यालयमा नियमित स्वास्थ्य शिविर संचालन गरयो । संघले हरेक महिनाको अन्तिम आइतबार निशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । एनआरएनए यूके स्वास्थ्य विभागका […]

लेख

संस्कृतको थुप्रोबाट –मिनबहादुर राना

January 31, 2023 सम्पादक 0

एक माननीयले संसदमा बोल्ने क्रममा सल्यक्रिया भन्ने शब्द पढ्न जानेन् । उहाँ शिक्षित माननीय हो । सामाजिक सञ्जालमा उहाँको खेदो खनियो । मैले त्यो सामान्य कुरा हो जनजातिलाई संस्कृत शब्द उच्चारण गर्न गारो हुन्छ भनेर […]

स्थानीय

घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी

January 30, 2023 मोहन राई 0

मध्यबिन्दु, १६ माघ (रासस) ःनवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ चनौलीका ७२ वर्षीय मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुसी हुनुहुन्छ । शारीरिक समस्याका कारण सहजरुपमा हिँडडुल गर्न नसक्ने उहाँलाई जनप्रतिनिधि र बैंकका कर्मचारीले घरमै […]

मुख्य-समाचार

जलेर घाइते महिलाको निधन, पुरुष उपचाररत

January 30, 2023 मोहन राई 0

गण्डकी, १६ माघ (रासस) : जलेर सख्त घाइते हुनुभएकी पोखरा महानगरपालिका–१३ काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले ३५ वर्षीया सापकोटाको गएराति नै निधन […]

अन्तर्राष्ट्रिय

बेलाइती प्रधानमन्त्रीद्वारा पार्टी अध्यक्ष बर्खास्त

January 30, 2023 सम्पादक 0

२९ जनवरी २०२३, बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले आइतबार सत्तारुढ कन्जरभेटिभ पार्टीका अध्यक्ष नदिम जाहावीलाई बर्खास्त गर्नु भएको छ । कर मामिलाको अनुसन्धानपछि अध्यक्ष जाहावीलाई दोषी देखिएपछि मन्त्रीपदको पदीय मर्यादाको “गम्भीर उल्लङ्घन” गरेको भन्दै सरकारबाट बर्खास्त […]

1 2 3 14