प्रदेश १ को पूर्ननामाकरणको निम्ति आन्दोलनरतद्धारा नगरपालिका अफिसमै जलाईयो लेटरप्याड

ताप्लेजुङ । १३ मे २०२३ का दिन काेशी नाम खारेजी संयुक्त संघर्ष समितिले काेशी नाम लेखेकाे लेटरप्याड र छाप फुङलिङ नगरपालिकाकाे कार्यालय अगाडि जलाएका छन ।

काेशी नाम खारेजी संयुक्त संघर्ष समितिले काेशि नाम लेखेकाे लेटरप्याड र छाप नचलाउन हुन भनी नगरपालिकालाई पत्र बुझाए पनि वास्ता नगरि काेशि नाम लेखेकाे प्याड र छाप चलाएकाले संघर्ष समितीले जलाएका थिए ।

संयुक्त संर्घष समितिले फुङलिङ नगरपालिकाे कार्यालयमै गएर लेटरप्याड छाप झिकेर जलाएका थिए । कार्यालय प्रमुखलाई भेटेर किन हाम्राे माग र आन्दाेललाई बेवस्ता गर्नु हुन्छ । अब फेरि याे आवाजलाई बेवस्ता गर्नु भयाे भने हामी फरक तरिकाले प्रस्तुत हुन बाध्य नबनाउनु हाेला भनी कुरा राखेका थिए । जति पनि काेशि लेखिएका शब्द कम्युटरमा सेभ छ भने तुरुन्त हटाउनु हाेस भनि। कार्यालयमा निकै चर्काचर्कि भएकाे थियाे ।

काेशी नाम खारेखी संयुक्त समितिले ताप्लेजुङकाे सबै नगर,गाउपालिका र वडामा समेत काेशी नाम लेखेकाे लेटरप्याड प्रयाेगमा नल्याउन दबाब दिन्दै आएका छन । भने केही गाउपालिकाले काेशी शब्द कामकाजी लेटरप्याडमा प्रयाेग नै नगर्ने निर्णय गरेर पहिचानकाे संसक्त आन्दाेलनलाई सहयाेग पुरयाउदै आएका छन ।

प्रदेश नं १ काे नाक पहिचानकाे आधारमा रहनु पर्छ भन्दै बिगत लामाे समय देखि पहिचानबादीहरुले संघर्ष गर्दै आएका थिए तर याे आवाजलाई बेवस्ता गरि जनतालाई झुक्याएर छापामार शैलीमा प्रदेशकाे नाम काेशी राखे पछि प्रदेश न. १ आन्दाेलनमय भएकाे छ । भने सरकारकाे दमनका कारण पदम लाजेहाङ लिम्बू सहिद भएकाे छ अन्य धेरै घाईते भईसकेका छन ।

– ज्ञानु फूरुम्बो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*