तेह्रथुम लसुनेमा प्रदेश न. १ पुनः नामाङ्कन समितीको सभा पश्चात समिति गठन

तेह्रथुम, १६ मे २०२३ का दिन प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिती तेह्रथुमको आयोजनामा तेह्रथुम जिल्लाको लालिगुरास नगरपालिका स्थित लसुने बजारमा -याली सहित कोणसभा आयोजना गरयो ।

कार्यक्रममा बक्ताहरु सुबिन्द्र थेगुवा, टिएन सुब्बा, कृष्ण कटुवाल, पार्वता तेयुङ, टीका खवाहाङ, शंकर खेवा, डा. कमल तिगेला, नन्द कन्दङवा रहेका थिए ।

कोणसभा पछि आयोजित अन्तरक्रिया कार्यक्रमको सहजीकरण डा. तिगेला र नन्द कन्दङ्वाले गर्नु भएको थियो । अन्तक्रिर्या पश्चात उक्त भेलाले बली सेनेहाङको संयोजकत्वमा १७ सदस्यीय लालिगुरास नगर स्तरीय प्रदेश न १ संयुक्त संघर्ष समिती गठन भएको छ । नव गठित संघर्ष समितिका सदस्यहरुलाई भेलामा प्रशिक्षण दिइएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*