धनकुटामा कोसी नाम मेटियो: दुइजना आन्दोलनकारी पक्राउ (भिडियो सहित)

धनकुटा/गत १८ मे २०२३/जेष्ठ ३ का दिन कोसि प्रदेश लेखिएका सरकारी साइन बोर्डहरुमा सङ्युक्त संघर्ष समितिका आन्दोलनकारीहरुले कालो पोति मेटाएका छन ।

धनकुटाका स्वास्थ निर्देशनालय र शिक्षा निर्देशनालयका बोर्ड लगायतमा लेखिएको कोसी प्रदेश आन्दोलनकारीले मेटेका हुन । कोसी लेखिएको बोर्ड कालोमोसोले पोत्नु अगावै प्रदेस न. १ पुनः नामाकरण संयुक्त संघर्ष समिती, धनकुटाको आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको थियो । किरात राई यायोक्खाका जिल्ला अध्यक्ष उद्धव राईको अध्यक्षता र किरात याक्थुङ चुम्लुङ धनकुटाकि सचिव हेमुस्मृती चोङ्बाङ्को संचालनमा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथी आदिबासी नेता नन्द कन्दङ्वा, बिशिस्ट अतिथी कियाचु केन्द्रिय उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङ, किराया केन्द्रिय सचिब नगेशचन्द्र राई रहनु भएको अन्तरकृयामा आदिबासी जनजाति महासङ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, किराया केन्द्रीय सचिव नगेशचन्द्र राई, कियाचु केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङ, आदिबासी नेता नन्द कन्दङ्वा लगायतले सम्बोधन गर्नु भएको थियो ।

कोसी प्रदेश मेटेपछी फर्किने क्रममा दुइजना आन्दोलनकारी पक्राउ पछि रिहा भएका छन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*