कोशी नामांकरण खारेजीको आन्दोलन झनै ससक्त बन्दै, १३ जना पक्राउ

विराटनगर । २८ मे २०२३ का दिन कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका १३ जना आन्दोलनकारी पक्राउ परेका छन ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले आज बिहानै विराटनगरस्थित देवकोटाचोकबाट मोरङ प्रहरिले पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा थिए । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।

उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरुले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*