साहित्यकार लिला सेलिङ माबोको गीत ‘सिमाना’ दर्शकमाझ

काठमाडौं । १७ जुन २०२३ । साहित्यकार लिला सेलिङ माबोको शब्द रहेको गीत ‘सिमाना’ सार्वजनिक भएको छ ।

द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईको स्वर यस गीतमा रहेको छ । गीतको भिडियोमा ‘भ्वाइस अफ नेपाल’ बाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय छ । नितु र करणको स्टेज जोडीलाई गायन प्रतियोगिताको मञ्चमा निकै रुचाइएको थियो ।

नेपालको पाँचथरको ओयाम हाल याङ्वरक–३ मा जन्मिएर पछिल्लो समय बेलायतमा रहेर नेपाली साहित्य सिर्जना गरिरहेकी साहित्यकार लिला सेलिङ माबो प्रायः बेलायतमा हुने रंगभेद र अल्पसंख्यक विभेदलाई साहित्यमा लेख्ने गर्छिन् । यसअघि ‘लाहुरेनी पीडा’ कवितासंग्रह प्रकाशन गरेकी सेलिङको भर्खरै संस्मरणसंग्रह ‘मेमोअर्ज अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ अथर हाउस बेलायतले प्रकाशन गरेको पाठकमाझ आएको छ ।

उनी नेपाली, अंग्रेजी, याक्थुङ् भाषामा कविता लेख्ने गर्छिन् भने लेखहरुमा अंग्रेजीमा लेख्ने गर्छिन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*