चोर बाटोबाट बेलायत आएका बार एसोसिएसन पदाधिकारीलाई कालो झण्डाको तयारी

लन्डन । १ फेब्रुवरी २०२३, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र नेपाल बार एसोसिएसनका पूर्व महासचिव वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल गैर कानूनी रुपमा बेलायत आएका छन् ।

गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगरले गत ६ अगष्टको साधारणसभामा सहभागी हुन उनीहरुलाई ३ जुलाई २०२२ मा स्पोन्सर गरि निमन्त्रणा पठाएका थिए । तर कार्यक्रम सकिइसकेपछि भिसा आएकाले अतिथीहरु आवश्यक नपर्ने र उक्त भिसा रद्द गर्न गाहामगरले गत ९ नोभेम्बर, २०२२ मा ब्रिटिश हाइ कमिसन अफिस र २० नोभेम्बर, २०२२ मा यूके बोर्डर एजेन्सी, बोर्डर फोर्सलाई पत्राचार गरेका थिए ।

यद्यपि, नेपालका दुई अधिवक्ता गैर कानूनी रुपमा बेलायत आइपुगेका छन् ।

एउटाको प्रायोजनमा भिसा लिएर अर्को विद्रोही समूहको कार्यक्रममा अतिथीद्धय जाने भएपछि सोको तीव्र विरोधसहित कालो झण्डा देखाउने तयारी भएको छ । प्रेम गाहामगर पक्षीय युवाहरुले बेलायतको नेपाली समाज भांड्ने कदम स्वीकार्य छैन् भन्दै विरोधको योजना बनाएका श्रोतले जनायो ।

उनीहरु एनआरएनए यूकेबाट वर्खास्त गरिएका उपाध्यक्ष सुनिलबाबु खड्का र नारायण कंडेल समूहले आउंदो साता मिडल्याण्ड्समा गर्न लागेको ‘गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको सुरक्षा लगायत एनआरएनहरुको कानूनी तथा संवैधानिक अधिकार’ विषयक कार्यक्रममा अतिथी बन्दैछन् । लन्डनमा सुरक्षित महशुस नगरि कोसौं टाढा मिडल्याण्डमा उक्त कार्यक्रम राखिएको एक अभियन्ताले दावी गरे ।

मुख्य प्रायोजकको मन्जुरी बिना अधिवक्ताद्धयलाई बेलायत झिकाउने काममा सांठगांठ गरेका हुन् एनआरएनए यूके विभाजनका लागि मुख्य सूत्रधार मानिएका नारायणदत्त कंडेल । कंडेलले नै मिडल्याण्ड कार्यक्रमको संयोजन गरेका छन् ।

एनआरएनए यूके पहिलो महिला अध्यक्ष पुनम गुरुंगलाई पनि आर्थिक घोटाला गरेको भन्दै बेलायती अदालतमा मुद्दा दर्ता गरेका छन्। तर, बिडम्बना संस्थाको झण्डै ४० हजार पाउण्ड हिनामिना 
गर्नेमा कंडेल, सुनिलबाबु खड्का र विष्णु खरेल नै प्रमुख हुन् ।

कंडेलले आफ्नो पिएचडी थेसिसको विषय नै द्धन्द्ध, मुद्दामामिला र मनमुटाव भएकाले उनले जहां जसलाई पनि मुद्दा हाल्न उक्साउने गरेको उनी निकट श्रोत बताउंछ ।

नर्दर आयरल्याण्डबाट करिब ८० भोट बोकेर एनआरएनए यूके छिरेका कंडेलले अन्ततः संस्थालाई खोक्रो बनाइसकेका छन्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*