के हो हिप्पी आन्दोलन ? – विक्रम सुब्बा

सन् ६० को दशकमा अमेरिकी युवाहरूले सुरु गरेर सन्सारभरि फैलिएको एक आन्दोलन थियो – हिप्पी आन्दोलन । हिप्पी शब्द ‘हिप्सटर’ बाट आएको भनिन्छ । जनवरी १९६७ मा सान फ्रान्सिस्कोको गोल्डेन गेट पार्कको ‘ह्युमेन बी’ले हिप्पी सँस्कृतीलाई प्रख्यात बनायो । परिणामस्वरुप ‘समर लभ’ भनेर अमेरिकाको पश्चिमी भागमा र ‘वुडस्टक फेष्टिभल’ भनेर अमेरिकाको पूर्वी भागमा यो आन्दोलन परिचित भयो । यो सँस्कृती फैलिएर मेक्सिकोमा ‘ला ओण्डा’ कहलायो ।

हिप्पीहरू ‘आभान्डारो’मा भेला हुने गर्थे । यो बेलायतमा पुग्दा १९७० मा ‘वाइट फेष्टिभल’ मनाउँन ४ लाख मानिस जम्मा गर्नेसम्म क्षमतावान भयो । हिप्पीहरूले १९७० मै चिलीमा ‘पेइद्रा रोजा फेष्टिभल’ मनाए । अष्ट्रेलियाको निम्बिनको ‘अक्वारियस फेष्टिभल’ मनाउँन १९७३ मा हिप्पीहरू भेला भए ।

‘कुनै पनि सामाजिक सँस्कार-सँस्कृतीहरूले सृजना गरेका संहिता-बन्देजहरू नमान्ने बरू आफुलाई जे मनपर्छ त्यही गर्ने र जीवनको नयाँ-नौलो परिभाषा सृजना गर्ने ।‘ यही अवधारणा अनुसार हिप्पीहरू ल्याङफ्याङ लुगा लगाउँथे । केश पनि कसैका जिङरिङ्ग, कसैको नमिल्ने गरी काटेको, जुँगा-दारीको पनि कुनै छेक-छन्द नमिलाएको, एउटा खुट्टामा चप्पल र एउटा खुट्टामा जुत्ता लगाएको, कतै केटाले पेटिकोट लगाएको, कतै केटीले पुरुषका लुगा लगाएको हुने र देख्दै केही फरक पहिचान भएका हुन्थे – हिप्पीहरू । भाङ, धतुरो, रक्सी, गाँजा जे पनि खान्थे तर हिप्पीहरूको हिंसात्मक व्यवहार हुँदैनथ्यो ।

माया-प्रेम र यौनका बारेमा हिप्पीहरू – ‘एकजनासँग मात्र माया गर्ने वा यौन सम्बन्ध राख्ने कुरा पुरानो अवधारणा हो भनेर जो-जसले जोसँग पनि माया-प्रेम गाँस्न र यौन सम्बन्ध राख्न सक्ने (Promiscuous) अवधारणा’ विकास गरेका थिए र त्यसै अनुसार चलन चलाए । यो अवधारणाबारे गंभीर अनुसन्धानहरू पनि भए । जस्तैः १) Human Sexual Response नामक क्लिनिकल अध्ययन जुन Masters and Johnson 1966 प्रकाशित भयो जसले अमेरिकाका धेरै मानिसको ध्यान तान्यो; २) १९६९ को Everything You Always Wanted to Know About Sex (But Were Afraid to Ask) नामक पुस्तक जुन डा. डेविड रउबेनले लेखेका थिए जसले लुकाएर राखिएका यौन सम्बन्धी अनेक कुराहरू सार्वजनिक रुपमा उदघाटित गरिदिए; ३) १९७२ मा The Joy of Sex नामक पुस्तक एलेक्स कम्फोर्टले निकाले जसले संभोग गर्ने कला-कौसलका बारेमा खुलेर राखिदिए ।

यी प्रकाशनहरूले गर्दा नै अमेरिकामा यौनका बारेमा खुलेर बहस-छलफल हुन थाल्यो । यो पनि हिप्पी आन्दोलनको “यदि मज्जा आउँछ भने गर (If it feels good do it)” भन्ने “नारा”ले गर्दा नै संभव भयो । यही नाराले “समुहमा संभोग गर्नु हुन्न”, “सार्वजनिक स्थलहरूमा संभोग गर्नु हुन्न”, “समलिंगी संभोग गर्नु हुन्न” भनेजस्ता परम्परागत निषेधाज्ञा (Taboos) हरूले खडा गरेका पर्खाल सब भत्काई दियो । परिणाम स्वरुप खुल्ला यौन सम्बन्धको सँस्कृती सुरु भयो । हिप्पी अवधारणा “”तपाइँको स्थाई श्रीमान वा स्थाई श्रीमती कोही एकजना हुन सक्छ तर त्यसको मतलब अरु कुनै पनि केटी वा केटाप्रति तपाइँ आकर्शित हुन सक्नु हुन्न भन्न मिल्दैन । मिल्छ भन्नु हुन्छ भने तपाइँ ढोँगी हो । तपाइँ ढाँट्दै हुनुहुन्छ । वास्तबमा त्यस्तो आकर्षण जोसुकैमा हुन्छ यो प्राणी मात्रमा हुने गुण हो । आकर्षण हुन्छ भने यौन संबन्ध राख्दा के बिग्रियो?”” भन्ने थियो । यही अवधारणा “फ्रि लभ” को रुपमा विश्व-प्रसिध्द हुन पुग्यो जसले माया, यौन संबन्ध, संभोग, बिवाह, बच्चा पाउँने परम्परागत अवधारणालाई गंभीर चुनौती दिएर ‘जसले जोसँग माया बस्छ उसैसँग माया गर्ने, जसलाई जोसँग संभोग गर्न मन लाग्छ उसैसँग गर्ने’ भन्ने नयाँ अवधारणा स्थापित भयो । अर्थात ‘जति धेरैसँग माया, संभोग, सम्बन्ध गाँस्न सक्यो उति धेरै आफुले पनि पाईन्छ भने “थोरै”मा कुण्ठित भएर किन बस्ने? यो कुण्ठा त रोग हो’ भन्ने हिप्पी-धारणाले गर्दा अब “संभोग” दैहिक मात्र रहेन बरु “संभोग”को आत्मिक (Spiritual) पक्षमा पनि मानिसले गहिरोगरी हेर्न र बुझ्न थाले ।

हिप्पीहरूले यी ‘ठूला-ठूला तथाकथित स्थापित “धर्महरू”लाई मान्नु हुन्न, बरु आदिवासि तथा जनसमुदायका विश्वासहरू असल हुन्छन्’ भन्थे । १९९१ मा “Hippies and American Values” नामक पुस्तकमा टिमोथी मिल्लरले लेखे – “”हिप्पी आन्दोलन वास्तवमा एक धार्मिक आन्दोलन थियो जसले स्थापित धर्म तथा सँस्कृतीका सम्पूर्ण आचारसंहिता, नियम-विधानलाई प्रहार गरेर नयाँ जीवन शैलीको तलास गर्न भनि मानिसको दिमागमा झड्का हान्यो ।“ सान फ्रान्सिसक्कोका प्रोफेसर स्टेफेन गास्कीन पनि हिप्पी धर्म मान्थे । उनले १९७०मा हिप्पीहरूका निम्ती The Farm नामक कम्युन नै खोले र जनगणनामा उनी जहिले पनि आफ्नो धर्म “हिप्पी” भनेर लेख्थे ।

हिप्पी आन्दोलनको दुरगामी प्रभावहरूः
सन ६० को दशक तिर हिप्पीहरूले “If it feels good, do it.” अर्थात, “मज्जा आउँछ भने गर !” भनेर ‘केटा-केटा र केटी-केटी वा एकजनाभन्दा बढीसँग या श्रीमान् श्रीमती प्रति प्रतिवध्द हुँदाहुँदै पनि कसैसँग मन मिल्यो भने यौन सम्बन्ध राखे हुन्छ ।‘ भनेर आन्दोलन गरेका थिए त्यसको ५५ वर्षपछि भर्खरै जून २७, २०१५ का दिन “अमेरिकी सर्वोच्च अदालतले समलिङगी विवाह मुलुकभर कानूनी भएको फैसला गरेको छ ।“ भनेर समाचार पढ्न पाईयो ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार समलिङ्गी विवाह मुलुकभर कानूनी भएको फैसला गरेको छ (प्रकाशित मिति: 1:13:10 pm, June 27, 2015 )
वासिङटन, असार १२, २०७२ – अमेरिकी सर्वोच्च अदालतले शुक्रबार समलिङ्गी विवाह मुलुकभर कानूनी भएको निर्णय गरेको छ । यसलाई समलिङ्गी समूहले मुलुकभर निकै प्रतिक्षा गरेको निर्णयको रूपमा हेरिएको छ र उनीहरूले मुलुकभर खुसी मनाएका छन् ।

अमेरिकी सर्वोच्च अदालतका नौजना न्यायाधीशमध्ये पाँच जना पक्षमा र चार विपक्षमा रही उक्त निर्णय भएको छ र उनीहरूले समलिङ्गी व्यक्तिबीचको विवाहलाई ५० राज्य सबैले पालना गर्नुपर्ने संवैधानिक व्यवस्था भएको बताएका छन् ।

राष्ट्रपति बराक ओबामाले यस निर्णलाई ‘‘अमेरिकाको बिजयको’’ रूपमा लिएकाछन् । सर्वोच्च अदालतले एक दिन अगाडि राष्ट्रपति ओबामाको “स्वास्थ्य सुधारको व्यवस्था”को विवादास्पद दफालाई कायम राख्ने निर्णय गरेको थियो भने यो निर्णय पनि उनकै पक्षमा गएको ठानिएको छ ।

ओबामाले ह्वाइट हाउसमा यस निर्णयबाट अमेरिकी सङ्घ अझै बढी राम्रो भएको बताउनुभयो । यसपछि ह्वाइट हाउसमा इन्द्रेणी रङको प्रकाश पारिएको थियो । यस रङलाई समलिङ्गी अधिकारका लागि आन्दोलनको रङको प्रतिकका रूपमा हेरिन्छ ।

उहाँले यस निर्णयले अमेरिकी जनताले पहिले नै आफ्नो मुटुमा विश्वास गरेको सबैप्रति समान व्यवहार गरिने छ र आफूहरू बढी स्वतन्त्र भएका छौँ भन्ने धारणालाई पुष्टि गरेको बताए । सर्वोच्च अदालतको निर्णयले अमेरिकालाई विश्वमा समलिङ्गी विवाहलाई कानुनी रूप दिने २१ मुलुक वा क्षेत्र बनाएको छ ।

यस निर्णयपछि सर्वोच्च अदालतको बाहिरी भागमा समलिङ्गी विवाहका वकिलहरूले अमेरिकी राष्ट्रिय गान गाएका थिए । उक्त भीडमा यस मुद्दाका प्रमुख निवेदक जिम ओबरगेफेल पनि थिए । उनले राष्ट्रपति ओबामालाई टेलिफोनमा उनी अमेरिकी जनताका लागि ठूलो उदाहरण मात्र नभई मुलुकका लागि ठूलो परिवर्तन ल्याउने व्यक्ति पनि हुनुभएको बताए । यस निर्णयलाई मुलुकभर प्रशंसा गरिएको छ ।

हिप्पीहरूले उतिबेलै गाँजा सुर्तीभन्दा कम नोक।सानदायक छ र साथै मनोरन्जक पनि छ भनेका थिए । सन १९९६ मा क्यालिफोर्निया राज्यले गाँजालाई Legalize गर्‍यो । त्यसपछि वाशिंटन र कोलोराडो राज्यहरुले सन २०१२ मा गाँजा Legalize गरेपछि सन २०१६ मा आइपुग्दा ५० राज्यमध्ये अधिकांश राज्यहरूले गाँजालाई Legalize गरिसके । जसले गर्दा किसानहरूले गाँजाको खेती गरेर कमाउँन थाले भने गाँजाका Product बनाउँने कंपनिहरूले मात्र २०२२ मा $3.7 Billion रजश्व सरकारलाई तिरेको देखिन्छ ।

अराजकतावदी ईतिहासकार रोनाल्ड क्रेग्हले हिप्पी आन्दोलनलाई अदर्शवादी समाजवाद (Utopian socialism) भनेकाछन् । क्रेग्हका अनुसार ‘राजनीतिबाट होइन कि सामाजिक आन्दोलन मार्फत समाजवादी एजेण्डाहरू स्थापित गरेर सरकारहरूलाई ती एजेण्डाहरू स्वीकार गर्न बाध्य पार्ने जसले गर्दा आदर्श समाज वा उदरातावादमा आधारित समाज-समुदायहरू स्थापित हुनेछन्’ भन्ने हिप्पीहरूको नयाँ (राजनैतिक) रणनिती रहेको थियो भनेकाछन् ।

हिप्पीहरूले गरेका राजनैतिक हस्तक्षेपका रुपमा उनीहरूले बेलायतमा विकास गरेको शान्ति चिन्ह (Peace symbol) लाई लिने गरिन्छ जुन “न्यूक्लियर अस्त्रबाट निसस्त्रीकरण गर्ने अभियान”को प्रतिक चिन्हका रुपमा र “युद्द विरोधी” आन्दोलनको लोगोको रुपमा स्थापित भयो । आफैले राजनीति नगरे पनि हिप्पीहरू अनेकौँ राजनैतिक आन्दोलनमा समेत सामेल भए । जस्तैः नागरिक अधिकार स्थापनार्थ सन्चालित वाशिंटन डिसीको जनप्रदर्शन; भियतनाम युद्ध विरोधी जनप्रदर्शन; draft-card burnings and the 1968 Democratic National Convention protests. आदिमा सहभागीता । त्यतिखेर हिप्पीहरूले भियतनाम युद्ध विरोधी प्रदर्शनमा भाग लिनुका साथै अमेरिकी सरकारले यूवाहरूले ‘भियतनाम युद्धमा भागलिन जानै पर्ने’ भन्ने नीतिलाई बहिस्कार गरेर “अमेरिकन सरकारी हुकुम”को विरुद्ध नयाँ तरंग सृजना गरेकाथिए । जसलाई उनीहरूले युवाहरूले भरिएका हरेक कलेज र क्याम्पसहरूमा ““teach-ins” अभियान अन्तर्गत भियतनामको ईतिहास र अवस्थाका साथै अमेरिकाले अन्यायपूर्वक लादेको युद्ध बिरुद्ध भित्ते लेखन-रंगाउँने काम समेत गरे ।

हिप्पीहरूले ‘शहरहरूबाट गाउँतिर जाने (back to the land movement) आन्दोलनको समर्थन गरे; १९६० तिर cooperative business enterprises, alternative energy, free press तथा organic farming. आन्दोलनमा सहभागी समेत भए । जुन आन्दोलनहरू रुपमा ‘अहिंसावदी’ तर सारमा ‘“प्रभुत्ववाद बिरोधी’” थिए । उनले कहिलेपनि आफ्नो विचार अरुलाई लाद्ने काम गरेनन् बरू आफ्नो जीवन शैली र कार्यबाट सन्सारलाई बदल्ने काममा योगदान गरेर देखाए ।
हिप्पीहरूकै आन्दोलनले स्थापित गरेका केही महत्वपूर्ण प्रचलनहरू १) केटा साथी केटी साथी बनाउँने र घुम्ने; २) केटा साथी र केटी साथी बिहे नगरिकनै ‘लिभिङ टुगेदर’मा बस्ने र सो कार्यप्रति बा-आमाको स्वीकृती; ३) यौन संबन्ध र संभोगका बारेमा खुला छलफल गर्ने; ४) समलिंगी सम्बन्धलाई सामाजिक र राज्य स्तरमा मान्यता दिने; ५) साँस्कृतिक विविधताप्रति आदर; ६) स्वस्थ्य बर्धक खाना (Organic and herbal) खाने; ७) सहकारीमा काम गर्ने, आदि हुन् । जुन अहिले सन्सारमा सर्वस्वीकार्य भएकाछन् ।

नोटः यो धर्तीमा मानिसहरूले अनेक कारणवश थरिथरिका आन्दोलन, अभियान, क्रान्ति र अनुसन्धान तथ प्राविधिक विकास गर्छन् । र ती हरेकले मानव समाजलाई केही न केही योगदान गरेर जान्छन् जसले समाजलाई परिस्कृत हुन सघाउँछन् । जस्तैः महिला अधिकार आन्दोलन, आदिवासि-जनजाति अधिकार आन्दोलन, धर्मनिरपेक्षता आन्दोलन, लोकतान्त्रिक आन्दोलन, समाजवादी आन्दोलन, वातावरन संरक्षण आन्दोलन, प्रविधीमा रोबोट आन्दोलन, आदि हाल सन्सारमा निरन्तर चलिरहेकैछन् । यिनै आन्दोलन या अभियानहरूले समाजहरूलाई नया आकार दिने हुन् । पुराना पुस्ताले अस्वीकार गरेपनि नया पुस्ताले स्वीकार गर्दै समाज निन्तर परिवर्तन अइरहन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*