पारसमणि जयन्तीमा विनेसामकाे सिर्जना वाचन

लन्डन । २ जनवरी, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आइतवार १२५ औँ पारसमणि प्रधान जयन्तीका अवसरमा सिर्जना वाचा कार्यक्रम सम्पन्न गरेको छ । ग्रेगोरियन पात्रोनुसारसन् २०२३ सालको पहिलो दिन तथा दसौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा भर्चुअल्ली भव्य रुपमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरेको हाे ।

विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व तथा साहित्यकार डा जस योञ्जन प्यासीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथिमा मिलन रुचाल, उदयमणि प्रधान, डा टेक बहादुर क्षेत्री, डा बलराम पाण्डे, श्री शिवु थिए । साथै केन्द्रीय पदाधिकारीहरु, राष्ट्रिय शाखाहरू, प्रदेश, जिल्ला र आजीवन सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।

विनेसाम केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा लेखेनाथ काफ्लेजको स्वागत मन्तव्यसँगै अघि बढेको साहित्यिक कार्यक्रममा विशिष्ट अतिथिहरूको विशेष मन्तव्य रहेको थियो नेपाली साहित्य आकाशमा वरिष्ठ साहित्यकार डा पारसमणि प्रधानको साहित्यिक योगदानसम्बन्धि महत्वपूर्ण कुराहरू राखे ।

‘डा. परसमणि प्रधान भारतीय नेपाली साहित्यका भानुभक्त हुन्, उहाँ स्वयम् संस्था हुन्,’ आफ्नो गहन मन्तव्य राख्दै प्रमुख अतिथि डा जसले भने । त्यस्तै, आफ्नो एक्ला प्रयासमा शिक्षालाई सामान्य तहबाट विश्वविद्यालयसम्म पुर्याउने महान व्यक्ति भएको प्रा डा दिवाकर प्रधानले बताए ।

कार्यक्रममा सहभागीहरूले सुन्दर कविता, गजल, मुक्तक आदि वाचन गरेका थिए । कार्यक्रममा उपस्थित हुनेहरूमा सुरेन्द्र लिम्बू परदेशी (भारत), डा जस योञ्जन प्यासी (दार्जिलिङ्ग), मिलन रुचाल (भारत), उदयमणि प्रधान (भारत), डा टेक बहादुर क्षेत्री (भारत), डा.बलराम पाण्डे (भारत, शिवु क्षेत्री (भारत), प्रा डा भीम खतिवडा (दाङ//नेपाल, प्रा डा दिवाकर प्रधान (काशी/भारत) थिए ।

त्यस्तै, डा गोकुल क्षत्रिय (भारत), डा लेखनाथ काफ्ले (ताइवान), विजय हितान (बेलायत), बिलोक शर्मा (भारत), रेणु घिसिङ (भारत), डा नाज सिंह (मस्को/रसिया), पी प्रधान (भारत), पुर्णिमा जी शाह (हङकङ), भीम विरही राई (धरान/नेपाल), कल्पना पौडेल जिज्ञासु (नेपालगन्ज/नेपाल),कपिल अधिकारी (ताइवान), नारन सिटौला (काठमाण्डु/नेपाल), आयुष प्रधान (भरात), मंजुला तामाङ (दार्जिलिङ्ग), राहुल राई बोगिको (मणिपुर/भाररेणु घिसिङ् (भारत), सपन प्रधान (भारत), अम्बिका शर्मा,सुमन मेवाहाङ्(मोरङ्ग/नेपाल), अविशेक कोइराला ‘आसिस’ (भारत), मानार्थ चापागाईं (भारत), अन्जना गौतम (भारत), मान्नु शंकर (भारत), सीता देवी क्षेत्री (भारत) पनि सहभागी थिए ।

त्यस्तै,प्रनिता भुजेल (भारत), वाई के श्रेष्ठ (भारत), अन्जना क्षेत्री (भारत), मोहनराज खनाल (म्यान्मा), अमित थेबे (बेलायत), अर्पना ढकाल (भारत), सिर्जना सुब्बा (भारत), मौसम शर्मा (भारत), मणिराज सिंह (काठमाण्डु/नेपाल), संगीता प्रधान (भारत), नविन पौड्याल (भारत), उपासना शर्मा (भारत), पी श्रेष्ठ (भारत),मोहन गौतम (भारत), देवेन्द्र कार्की, सन्तोष राज (भारत), शान्ति भुजेल (सिक्किम/भारत), प्रेम न्यौपाने (भारत), मीना राई (भारत), दामोदर ढकाल दिपक (काठमाण्डौ/नेपाल, देविका मंग्राती राई (खर्साङ्ग/भारत), सुनिता राई कन्दङ्वा (इजरायल) थिए ।

अन्त्यमा, आजको विशेष कार्यक्रम १२५औँ पारसमणि प्रधान जयन्ती, अङ्ग्रेजी नयाँ वर्ष तथा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको शुभकामना आदानप्रदान साथै सिर्जना वाचन कार्यक्रमको संचालन केन्द्रीय सदस्य देविका मंग्राती राईले गरिन् भने उपस्थित सबैलाई हार्दिक आभार व्यक्त गर्दै विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गरे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*