मिस लिम्बुका लागि काठमाडौं अडिसनबाट १३ छानिए

१९ फेब्रुअरी, काठमाडौं । सम्मान मिस लिम्बु साैन्दर्य प्रतियोगिताका लागि काठमाडौँ अडिसन सम्पन्न भएको छ । अडिसनबाट १३ युवतीहरू अर्काे चरणका लागि छानिएका छन् ।

आइतबार अनामनगरस्थित सिलौटी कटेजमा भएको छनाेट चरणमा फुङ्निमा योङ्हाङ (पान्थर), साम्माङ थाम्सुहाङ (पान्थर), एलिना तुम्बापो (झापा), ममता आङ्बो (पान्थर), गङ्गा सेम्बु लिम्बु (ताप्लेजुङ), निरुता लिम्बु (तेह्रथुम), अस्मिता मादेन (ताप्लेजुङ), जमुना सेम्बु लिम्बु (ताप्लेजुङ), मुन नाल्बो लिम्बु (सिक्किम) ,सुष्मा इम्सोङ लिम्बु (तेह्रथुम), कल्पना लिङ्खिम (ताप्लेजुङ), याङ्जुली खापुङ (तेह्रथुम) र सुम्निमा खापुङ रहेका छन् । प्रतियाेगिता याक्थुङ यूथ एसाेसिएसनले गरेको हाे ।

अडिसनकाे निर्णायक मण्डलहरूमा कोरियोग्राफर तथा मिडियाकर्मी जयन सुब्बा मानन्धर, संगीतकार तथा गायक डम्बर नेपाली, याक्थुङ युथ एसोसिएसनका सल्लाहकार डम्बर नेपाली, नेपाल पत्रकार महासघ काठमाडौँका अध्यक्ष डम्बर नेपाली, निर्देशक भूपेन्द्र तुम्बाहाङ्फे, मिस लिम्बु २०१५ विष्णु चेम्जोङ र प्रतियोगिताकी अफिसियल फेसन डिजाइनर निर्मला आङबुङ रहेका थिए ।

यसअघि, धरानमा भएको प्रदेश नम्बर एकको अडिसनबाट १४ जना छनाेट भइसकेका छन् । प्रतियोगिता याे छैटौं संस्करण हाे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*