जीवन अनेकौ अर्थमा – टंक सम्बाहाम्फे

अनेकौ कुराहरुले
जीवन बिथोली रहेको हुन्छ
र एकपछी अर्को हुँदै आउँने
ती पलहरुले
ती क्षणहरुले
सोच्दै नसोचिएको
अप्ठ्यारो परिस्थिती बनेर

आफ्नै सामु उभिदिन्छ
तब त्यसलाई सामना गर्न
रणभूमिमा होमीदिनु पर्छ जीवनलाई
यसरी नै जीवन
अनेकौ खुड्कीलाहरुमा
बाधाहरु
अबरोधहरु
पन्छाएर हिड्न विवश हुनुपर्छ
सायद जीवनलाई यहि अर्थमा
अलिकती बुझ्ने अवस्था सिर्जना भैदिन्छ
अलिकती बुझेर जीवन नपुग्दा
अरु धेरै अर्थहरुको हुलमा
बारम्बार मिसिन खोजिरहेका हुन्छौ
किनकी जीवन थोरै अर्थमा मात्र
नसमेटीयोस भनेर
अनेकौ खोजमा
अनेकौ अनुसन्धानमा
बाडिन्छौ चुडिन्छौ

झुण्ड झुण्डमा छुटिन्छौ
उत्तर दक्षिण पूर्ब पश्चिम
यो सन्तुष्टिको खोज हो
यो प्राप्तिको अध्यायन हो

किनभने जीवनको अर्थ मात्र जीउँनुले पूरा गर्दैन
तसर्थ हामी बिचमा
फाटो हुनुको अर्थ
बैमानश्यता बढ्दै जानुको अर्थ
आरोप प्रत्यारोप गर्दै जानुको अर्थ
आफैले बुझिरहेका छैनौ
हाम्रो बुझाई र अरुको बुझाईमा
हाम्रो हेराई र अरुको हेराईमा
फरकहरु छन
भिन्नताहरु छन
हो यहि कारण जीवन
अपरिभाषीत भैदिएको छ
आफ्नै यथार्थसंग चिमोटिएर
जब पूर्णताको खोजिमा भौतारिएर
अथाह जीवन पछ्याउँन थाल्छौ
तब आफ्नो उन्मुक्तिको पखेटाहरु फैलिन थाल्छन
थाहा छ जीवन अनन्त यात्रामा छ
तर पनि केही पाउनुको अभिलाषाले
यात्रा हतारमा चालीरहेका हुन्छौ
पुग्नु र नपुग्नुको कुरा अर्कै छ
देख्नु र नदेख्नुको कुरा बेग्लै छ
तैपनि कहि पुग्नुमा पुग्छु भन्नेमा
महानता लिएका हुन्छौ

अथवा अरु भन्दा अझ धेरै गर्नुमा
गौरब बोकिरहेका हुन्छौ
बाचुन्जेल सम्मको गौरब बोक्नुमा
जीवन अनेकौ समस्याहरुमा
जीवन अनेकौ ब्यावधानहरुमा
अनेकौ पटक फसीरहेको हुन्छ
यहि हुनु पर्छ भन्ने पनि छैन
यहि गर्नु पर्छ भन्ने पनि छैन
तर बाध्यता जस्तो दुनियाको लागि
बाँच्दै
हास्दै
नाच्दै
जीवनलाई उभ्याई दिनु परेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*