११ ओैँ १० किमि नेवा च्यारिटि दाैड प्रतियोगिताकाे तयारी पूरा, शनिबार तीन हजार बढीको सहभागिता रहने

फेब्रुअरी २३, विजयपुर । स्वस्थ्य शरिर, स्वस्थ्य जिवन, स्वच्छ धरान नाराका साथ धरान रन समुहको आयोजनामा हुन लागेको एघारौ धरान १० कि.मि. नेवा च्यारिटि रन २०७९ दौड प्रतियोगिताको तयारी पूरा भएको छ । दाैडमा तीन हजार बढीले सहभागिता जनाउँदैछन् ।

यहीँ शनिवार आयोजना हुने दौड प्रतियोगिताको एघारौँ संस्करणमा धरान र धरान वाहिरका तिन हजार वढि धावकहरुले सहभागिता जनाउने धरान रनका अध्यक्ष रोमु राईले विहिवार पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा नेपालका राष्ट्रिय म्याराथन धावकहरु संगै भारतको डार्जिलिङ्ग, सिक्किम, केन्या, हङकङ, अमेरिका, युके लगायत देशहरु वाट समेत सहभागिता जनाउने राईले वताए । प्रतियोगिताका विजेता नगद ६० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । दोस्रो उपाधि विजेताले ४० हजार र तेस्रो उपाधि विजेताले जनाहि ३० हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरि प्रतियोगितामा १३ वर्ष मुनि, ४० देखि ५९ वर्ष सम्मका भ्रेटान, ६० देखि माथी सुपर भ्रेटान र व्हिलचियरको छुट्टै प्रतिश्पर्धा गराइनेछ । १३ वर्ष मुनिकाहरुले ३ कि.मि. मात्र दौड्न पर्नेछ । भ्रेटान, १३ वर्ष मुनिका र व्हिलचियर प्रतिश्पर्धाका पहिला, दोस्रो र तेस्रो हुनेले क्रमश ७ हजार, ५ हजार र तीन हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सुपर भ्रेटानका विजेता तथा उपविजेताले गिफ्ट भौचर प्राप्त गर्नेछ ।

रुट परिवर्तण, टाइमिङ्ग चिफको प्रयोग

११ औ संस्करणमा दौड प्रतियोगिताको रुट परिवर्तन गरिएको छ । धरान उपमहानगरपालिकाले भर्खरै मात्र सुरु गरेको वान वे सवारी अभियानलाई सर्मथन गर्दै रुट परिवर्तन गरिएको धरान रनका संस्थापक तथा म्याराथन धावक सन्तोष राई जानकारी गराए । अहिलेको रुटले लामो समय सडक अवरुद्ध गर्न नपर्ने आयोजकले जनाएको छ । यस पटक पुतलि लाइन वाट दौड सुरु गरेर पुरानो वजार, पालिका वजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, रेडक्रस भवन, अमरहाट, जिरो पोइन्ट, जानकी चौक, स्वस्तिक चौक, मंगलवारे, रत्न चोक, वद्ध चोक, दुर्गा चोक हुदै पुतली लाइनमा नै समापन हुनेछ ।

यसैगरि धरान रनले ११ औ संस्करण दौड प्रतियोगितामा पहिलो पटक टाइमिङ्ग चिफको प्रयोग गरेका छन । करिव १६ लाख रुपैया खर्चमा टाइमिङ्ग चिफ प्रयोगमा ल्याउन लागेका हुन । टाइमिङ्ग चिफको प्रयोग नेपालमा नै पहिलो रहेको राईले जानकारी गराए । चिफको प्रयोगले खेलाडिको सवै नतिजा तथा डाटा कम्प्युटरमा सेट हुने र सहि नतिजा तयार गर्न सकिने उनले वताए । यो सहभागि प्रत्येक खेलाडिको चेस्ट न. संगै टासिएको हुन्छ ।

विजेतालाई हाल्फ म्याराथन इन लन्डनमा सहभागिता गराउने

११ औ संस्करणका महिला पुरुष विजेतालाई आयोजक धरान रनले लन्डन हाल्फ म्याराथन इन लन्डनमा सहभागिता गराउने भएको छ । धरान रनले नेपाल रन लन्डन र लन्डन म्याराथन टिम संग सहकार्य गरेर सहभागिता गराउन लागेका हुन । धरान १० कि.मि. रन पुरुष तर्फ ३१ मिनट र महिला तर्फ ३४ मिनटमा पार गरेका विजेता, नेपाली नागरिक भएका खेलाडि पुरुष एक र महिला एक जना खेलाडि लन्डन हाल्फ म्याराथनमा सहभागि गराउन लागेका हुन । एक जना खेलाडि वरावर करिव तिन लाख रुपैया खर्च आउछ । त्यसको सम्पुर्ण व्यवस्थापन धरान रनले गर्छ । धरान रनका संस्थापक सन्तोष राईले वताए ।

पहिलोपटक नेपालबाहिर भर्चुअल दाैड हुँदै

यसैगरी, धरान रनमा प्रत्यक्ष रूपमा मात्रै नभएर भर्चुअल रूपमा समेत केही धावकहरू देशबाहिरबाट सहभागी हुँदैछन् । यसका लागि उनीहरूले नाम दर्ता गरिसकेको र धरानमा इभेन्टकै भएकै दिन उनीहरूले दाैड पूरा गरेर रनिङ एप्समा कैद भएको विवरण र तस्वीर रुजु गरेपछि धरान रनले प्रमाणपत्र र पदक दिने अध्यक्ष रमु राईले जनाए । उनीहरूले अनलाइनमार्फत् नाम बुझाउनेहरूले वाइबस्(चेस्ट नम्बर) प्राप्त गरेको बताए । भर्चुअल दाैडमा यूके, अमेरिका, हङकङ, बहराइन लगायतका देशबाट सहभागी हुँदैछन् ।

प्रतियोगिताको मुख्य आकर्षण गोर्खा विग्रेड व्याण्ड र दयाहाङ राई

प्रतियोगिताको आकर्षणको रुपमा गोर्खा विग्रेड व्याण्ड बेलायतको प्रस्तुति र दयाहाङ राईको उपस्थिति हुनेछ । दौड सुरु हुनु भन्दा अगाडि विट्रिस गोर्खा विगे्रड व्याण्डका ३५ जना टिमले प्रस्तुति दिने धरान रन समुहका वरिष्ठ सल्लाहकार एवं पुर्व व्रिटिस सैनिक सुवास राईले जानकारी गराए । गोर्खा विग्रेड व्याण्डले विशेष गरि वेलायतको रोयल फेमिलिको विशेष कार्यक्रममा प्रस्तुति दिने गर्दछ । केहि समय नेपाल आएको टिमले पोखरा भर्ति क्याम्पमा गोर्खा व्रिटिस आर्मिमा भर्ति भएका गोर्खा सैनिकको कसम परेडमा प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा वेलायतका डिफेन्स मिनिस्टर डा. अन्ड्रियु मोरिसनको उपस्थिति रहेको थियो । व्याण्डले नेपाल आएको वेला नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी फोर्षका व्याण्डहरुलाई समेत तालिम दिने गरेको छ । व्याण्डले सोहि दिन प्रदेश १ भरिका पूर्व गोर्खा व्रिटिस सैनिकहरुका लागि समेत प्रस्तुति दिनेछ । उनिहरुलाई दिनको समय धरान १६ स्थित धरान रंगशालाको खेल मैदानमा प्रस्तुनि दिनेछ ।

यसै गरि नेपालका चर्चित कलाकार दयाहाङ राई खेलाडीहरुको हौसला वढाउनका लागि दौड सुरु हुन अगाडि धावकहरु माझ उपस्थिति जनाउनेछन् । यससँगै दौडपश्चात औपचारिक तथा पुरस्कार वितरण कार्यक्रममा समेत उनको उपस्थिति रहने छ । उनले कार्यक्रमलाइ सम्वोधन गर्ने समेत कार्यक्रम रहेको आयोजकले जनाए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*