पृथ्वीनारायणको बिरोध कार्यक्रमबाट नेता आंगकाजी शेर्पा, रोज मोक्तान र जीवन मंगोल पक्राउ

काठमाडौ । २७ पुष/११ जनवरी, पृथ्वी जयन्तीको दिन पौष २७ गते पृथ्वीनारायण शाहको शालिक अनि किर्तिपुर काठमाडौमा प्रत्यक बर्ष थुक्ने कार्यक्रमबाट नेता आंगकाजी शेर्पा
र रोज मोक्तानलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बिहान १०:३० बजेदेखि प्रहरीले आङकाजि शेर्पा र रोज मोक्तानलाई पक्राउ गरी राखिएको कुरा नेता शेर्पाले सामाजिक संजालमा लेखेका छन । दुबैजनालाई सयौंको संख्यामा आएका प्रहरीले घेराहाली गिरफ्तार गरीएको स्टाटसमा लेखिएको छ ।दुबैजनालाई गौशला राखिएको अहिलेसम्म रिहाई नगरीएको उल्लेख छ । उनले स्टाटसमा प्रहरी दमन भन्दै बिरोध जनाएको छ ।

नेता शेर्पाले २१ औ शताब्दीको नेपालमा राष्ट्रिय एकताको आधार बहुजाती, बहुभाषा, बहुभेष, बहुधर्म हुनु पर्छ शासकको भाषा, धर्म र भेष मात्रा राष्ट्रिय एकता हुन सक्दैन भनेर बिरोध जनाएका छन ।

त्यसैगरी पृथ्वीनारायण शाहको बिरोध गरेको भन्दै जीवन मंगोल सहित युवाहरुलाई समेत प्रहरीले पक्राउ गरी हिरासतमा राखीएको जनाएको छ ।

साँझ छोडेको जनाइएको छ । देशविदेशको संघसंस्थाले नेता शेर्पा लगायतको पक्राउको भत्र्सना गर्दै विज्ञप्ति जारी जरेका छन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*