आसफोर्ड सगरमाथा/नेपलिज कम्युनिटीले नयाँ बर्ष २०८० भब्यतापूर्वक मनायो

आसफोर्ड,
गत १४ अप्रिल २०२३ अर्थात बैशाख १ गते का दिन सगरमाथा नेपलिज कम्युनिटी आसफोर्ड युकेले भब्य साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्षमा शुभ कामना साटासाट गरे ।

गैर आवासिय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहमगरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा आतिथि मगरले भूतपूर्व गोर्खाहरुले बंशजको नागरिकता प्राप्त गर्नको निमित्त सबै जुटनुपर्ने र केही वाहिरका गैरगोर्खाहरुले बेईमान गर्न लागेको संकेत गर्दै त्यस्तालाई चिन्नुपर्ने बताएका छन । भूतपूर्व गोर्खाहरु दुई देश बीचको सम्झौता मार्फत अर्थात नेपाल सरकारको निर्देशनमै वेलायत सरकारको सेवा गर्न आएको कारण सेवा वेलायतको भएपनि आज्ञापालना नेपाल सरकारकै गर्दै आएको कारण भूपू गोर्खाहरुले वंशजको नागरिकता प्राप्त गर्नुपर्ने बताए र त्यसको निमित्त आफू एक भूतपूर्व गोर्खा र एनआरएनएको अभियन्ता हुनुको नाताले आफ्नो ठाँउबाट पहल गरिरहेको बताए । गोर्खाको आवाज एनआरएन मार्फत नेपाल सरकारसंग पुरयाउनको लागि अत्यधिक गोर्खा र परिवारले एनआरएन सदस्य बन्नुपर्ने र युके एनआरएनको विशेष आधिवेशन आउदो मे २१ का दिन अल्डरसटमा हुने भएकोले उनले सहभागिताको निमित्त निम्तो गर्दै नयाँ बर्षको शुभ कामना ब्यक्त गरे ।

नेपाली राष्ट्रिय गानाबाट शुरु भएको कार्यक्रममा नयाँ सदस्यहरुलाई खदा ओढाई स्वागत गर्दै, समाजलाई योगदान दिनेहरुलाई सम्मान पनि गरयो । नयाँ बर्षको शुभ कामना ब्यक्त गर्ने पहिलो चरणको कार्यक्रमलाई नवनिर्वाचित डम्मर सिंगकले साथसहयोग गर्नुहुने सबैलाई नयाँ बर्षको शुभ कामनाको साथमा धन्यवाद ज्ञापन गर्दै बिर्षजन पछि दोस्रो चरणअन्तर्गत साँस्कृतिक कार्यक्रम आसफोर्डमै रहने करिब एक दर्जन भान्जिाभान्जिहरुले प्रस्तुत गरेका थिए । मध्येरात सम्म नयाँ बर्ष २०८० को खुसियालीमा ठूलो संख्यामा उपस्थित नेपालीहरु मज्जाले झुमेका थिए ।

युकेको च्यारिटीमा दर्ता भएको सगरमाथा नेपलिज कम्युनिटी आसफोर्डले केहीदिन अघि मात्र दशौं महाधिवेशन गरि नयाँ नेतृत्व चयन गरेको थियो । नवनिर्वाचित अध्यक्ष सिंगक युकेको ठूला र प्रभावशाली संगठनहरु मध्येको एक लिम्बुहरुको किरात याक्थुङ चुम्लुङ युकेको पूर्व अध्यक्षको जिम्मेवारी गरिसकेका अनुभवी हुन । त्यस्तैगरि महासचिव रामप्रसाद लिम्बुले दोस्रो पटक महासचिवको जिम्मेवारी लिएका हुन । यस कम्युनिटीले नेपाली घरको खरिद तथा ब्यवस्थापन गर्ने पहल विगत एक दशक देखि गर्दै आएको छ र यो नयाँ नेतृत्व संगै सो योजना सम्पन्न हुने अपेक्षा धेरैले गरेका छन भने युकेमा नेपालीहरुको घाना बस्ति भएको स्थानहरु मध्ये आसफोर्ड पनि एक हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*