युके र युरोपका मगर संघहरु विच अन्तरक्रिया सम्पन्न

लण्रडन, गत २२ जनवरी २०२३ का दिन मगर संघ युकेका सातौ कार्यसमिति माङ्घे संक्रान्तिको कार्यक्रम मनाउन विश्व मगर संघ बेल्जिमको निमंत्रणामा वेल्जिमको लुवेन स्थित एक कार्यक्रममा सहभागी भएको थियो ।

कार्यक्रममा मगर संघका अधक्ष्य श्रीमती सीता पुन, बरिस्ठ उपाधक्ष्य श्री लाल बहादुर पुन, उपाधक्ष्य श्री होम रोका, महा सचिव श्री गुमान सिङ्ग थापा, सचिव श्री गोमन सिङ्ग पुन र भवन कोषाधक्ष्य श्री थाम बहादुर रोका ज्यु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम मा अधक्ष्य श्रीमती पुन ले शुभकामना मन्तव्य का क्रममा माघे संक्रान्ति को शुभकामना दिदै मगर संघ युके को आउदै गरेको ४१ औ मगर दिवस र २० औ बार्षिक उत्शव को आधिकारिक निमंत्रना बिश्व मगर संघ बेल्जिम का अधक्ष्य ज्युलाई दिनुभएको थियो। साथै, कार्यक्रम मा उपस्थित मगर संघ पोर्तुगल का अधक्ष्य श्री कमल पुन ज्युलाई पनि निमंत्रना गर्नुभएको थियो।

मिति २२ जनवरी २०२३ का दिन विश्व मगर संघ बेल्जिम को अध्क्ष्यता मा युके मा रहेका मगरहरु र युरोप मा रहेका मगरहरु बीच को सम्बन्ध र आगामी भावी कार्यक्रम कसरी अगाढी बढाउने भन्ने वारेमा लुवेन मा आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। उक्त अन्तरक्रिया कार्यक्रम मा मगर संघ युके बाट सहभगी टोलि, मगर संघ पोर्तुगल बाट पाल्नुभएको टोलि र विश्व मगर संघ बेल्जिम बीच छलफल र अन्तरक्रिया भएको थियो।

अन्तरास्ट्रिय मगर महासंघ का महासचिव साथै, जनजाती महासंघ बेल्जिम का अधक्ष्य बिरमान घर्ति मगर ज्यु बाट मगर हरु को महत्व, संस्कृति, सभ्यता र विकास बारेमा जानकारी गराउनु भएको थियो। मगर संघ युके का अधक्ष्य श्रीमती सीता पुन, विश्व मगर संघ बेल्जिम अधक्ष्यका श्री लोक राना ज्यु, मगर संघ पोर्तुगल का अधक्ष्य श्री कमल पुन, विश्व मगर संघ बेल्जिम का युरोप संयोजक श्री नेत्र आले, मगर संघ युके का युरोप संयोजक श्री होम रोका लगायत ले मन्तव्य राख्नु भएको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*