बीजीबीकाे ‘हेल्लाे नमस्ते’ काे प्रसारण सुरु

लन्डन । १२ डिसेम्बर, बीजी बी (ब्यस्त माहुरी) इन्टरटेनमेन्ट यूकेको पहिलो प्रस्तुति ‘हेल्लो नमस्ते’ को पहिलो एपिसोड प्रसारण भएको छ । भिडियो अन्तर्वार्ताको उक्त साप्ताहिक कार्यक्रम ‘हेल्लो नमस्ते’ शुक्रबार दिउसो कम्पनीको आफ्नै यूट्युब च्यानलबाट प्रसारण भएको हो ।

‘हेल्लो नमस्ते’ को पहिलो अतिथीमा थिए चलचित्र निर्माता, निर्देशक तथा भूतपूर्व ब्रिटिश गोर्खा मिलन चाम्स । नेपालका चर्चित निर्देशक चाम्सले उक्त अन्तर्वार्तामा आफ्नो फिल्म करिअरदेखि ब्रिटिश आर्मी जीवन र यसअघि कहिल्यै खुलासा नगरेका तथ्य पनि सार्वजनिक गरेका छन् । चाम्सको अन्तर्वार्ता तीनवटा एपिसोडमा लगातार प्रसारण हुने जनाइएको छ ।

उक्त कार्यक्रम निर्देशन रोमियन लिम्बु र प्रस्तुति शान्ति लिम्बुले गरेका हुन् । कार्यक्रम प्रोड्युसरहरुमा सुरेशराज पाठक, सुमन पुन, प्रशान्त खड्का र शान्ति लिम्बु छन् । अन्तर्वार्ता सम्पादन गौतमराज खड्काले गरेका छन् ।

कुनै पनि क्षेत्रका प्रतिष्ठित व्यक्ति देखि प्रतिभा भएर पनि ओझेल परेका नेपाली तथा विदेशी श्रष्ठासम्मलाई कार्यक्रममा अवसर दिइने बिजी बी इन्टरटेनमेन्ट यूकेकी निर्देशक रोमियन लिम्बुले जनाइन् ।

हेल्लो नमस्ते कार्यक्रमलाई मुख्य प्रायोजन नाम मोर्गेजले गरेको छ भने मन ट्राभल एण्ड टुर्स सर्भिस लि. र गोर्खा सर्भिसेज लि. ले पनि प्रायोजन गरेका छन् । नमुना हेयर एण्ड सलुन अल्डरसटले मेकअप प्रायोजन गरेको छ । आशिष थेवेले सिनेमाटोग्राफी र एज्रा श्रेष्ठले फोटोग्राफीको जिम्मेवारी लिएका छन् । खाना प्रायोजन अल्डरसटस्थित मोटे दाईको भट्टीका सञ्चालक विष्णु गुरुङको छ ।

कम्पनीले हरेक खालका विज्ञापन, म्यूजिक भिडियो, फिचर फिल्म निर्माण आदि काम गर्ने गर्दछ । सो कम्पनीको नेपाल र यूकेमा अनुभवी टिम छ । यसलाई व्यवसायिक रुपमै अगाडि बढाउने सोच राखिएको रोमियनले जनाइन् ।

हाल बेलायत निवासी निर्मात्री तथा नायिका रोमियन रोमियन लिम्बु विगत २५ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल छन् । पेशाले डेन्टल नर्स रोमियन आफ्नो परिवार र जागिरबाट बचेको समय नेपाली चलचित्रमा समर्पित छन् । उनी नेपाल चलचित्र कलाकार संघ बेलायत अध्यक्ष पनि हुन् ।

विदेशमा समेत नेपाली चलचित्र प्रवर्धन तथा प्रचार प्रसारका लागि रोमियनको लगाव लोभलाग्दो छ । उनले कयौं चलचित्र तथा म्यूजिक भिडियोमा लगानी र अभिनय गरेकी छन् । उनले अभिनय गरेको चलचित्र ‘कांडेतार’ छिट्टै रिलिज हुंदैछ । उक्त चलचित्र बेलायतमा समेत प्रदर्शन गर्ने उनको सोच छ ।

भिडियोमा हेर्नुहोस् हेल्लो नमस्तेको पहिलो एपिसोड –

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*