‘पहिचान’ शब्द एक: अर्थ अनेक – विक्रम सुब्बा

१. हिन्दु भनिने सनातनी(हिन्दु?)वालाहरूले आफ्नो पहिचान (जरा वा Root) खोज्दा ‘गोत्र’लाई आधार लिन्छन् । सँस्कृतमा ‘गोत्र’ शब्दको अर्थ ‘गाईको (सन्तानहरूको) बगाल वा झून्ड’ हुन्छ । अर्थात, ‘कुनै एक पूर्खाका शाखा-सन्तानहरूको बगाल या झूण्ड वा समूह’ भन्ने अर्थमा ‘गोत्र’ शब्दको प्रयोग गरिएको छ । कुन पूर्खा (ऋषि?)को सन्तान हो? भनेर प्रष्ट छुट्याउँन आफ्ना पूर्खाको नाम सँग आफ्नो पहिचान बेज्जोडसित जोड्छन् । जस्तै: अत्री गोत्री (अत्री नामक पूर्खाका सन्तान), कस्यप गोत्री (कस्यप नामक पूर्खाका सन्तान), गौतम गोत्री (गौतम नामक पूर्खाका सन्तान), जमदग्नि गोत्री (जमदग्नि नामक पूर्खाका सन्तान), भारद्वाज गोत्री (भारद्वाज नामक पूर्खाका सन्तान), आदि आदि ।

२. सनातनी(हिन्दु?)वालाहरूका यी पूर्खाहरू कहाँ थिए?
उल्लेखित पूर्खाहरू युरेशीयातिरबाट हालको पाकिस्तानमा पर्ने ‘सिन्धु घाटी’ भन्ने (सिन्धु नदीको किनारहरूमा खास गरेर मोहेन्जोदारो, हरप्पा र घागर नदी क्षेत्रमा) ठाउँमा प्रवेश गरि त्यहाँका मूलबासीलाई ध्वस्त गरी भारतीय उपद्वीपमा फैलिएको मानव समुह हुन् । जसका सन्तानहरू नै सिन्धुघाटी (प्राकृतिक संकट आएर जीवन गुजारा नहुने भएपछि) छोडेर बसैँ सर्दै छरिँदै भारतको भिभिन्न भाग हुँदै नेपालमा (थप सैयौँ नयाँ गोत्र सृजना गर्दै आए । जस्तै: अगस्त्य गोत्री, आत्रेय गोत्री, गर्ग गोत्री, अंगीरस गोत्री, कपील गोत्री, कत्यायन गोत्री, कौडिन्य गोत्री, मुगदल गोत्री, आदि आदि । ) समेत आईपुगेको देखिन्छ । तर, आफ्नो पूर्खा केलाउन परे (विशेष गरेर विवाहको निम्ति केटा र केटीको नाता पर्छ कि? विवाह गर्न वर्जित हो वा स्वीकार्य हो?’ भनेर छुट्याउँन) ‘गोत्र’ केलाउँछन् र निर्णय गर्छन् । जस्तै: केटा र केटी दुबै एकै गोत्री भए विवाह गर्न बर्जित हुन्छ । यसको खास कारण एकै परिवार या गोत्रका केटाकेटी वीच या आमा र छोरा वीच हुने यौन संबन्धबाट जन्मिने सन्तानहरु बौद्धिक या शारिरिक अपांगता भएको हज्जारौँ वर्षको Observation मा देखियो र तेस्तो सन्तान नजन्मियोस् भनेर माई‍ती-चेली वीच बिबाह गर्नु हुँदैन पाप लाग्छ या आमा र छोरा या पिता र पुत्रीका विच यौन संबन्ध राख्नु पाप हो भनेर नियमन गरिये जस्तै एकै गोत्रका सन्तान केटा र केटी विवाह गर्न बर्जित गर्ने नियम बनाईएको हो ।

३. यही प्रसंगमा थप ‘थर’को कुरा: अनेक जातका मानिसको “थर”हरू धेरै पछि ‘नविन पहिचान’को (आफुलाई के भनेर चिन्ने-चिनाउँने? भन्ने सवाललाई संवोधन गर्न) रुपमा राखेको हो । ती प्राय स्थान विशेषमा आधारित लगायत सरकारी अड्डामा दिएको पद तथा अन्य अनेक विशेषता र विशेषणका आधारमा राखिए । जस्तै: क) स्थानमा आधारित — सिन्जाबाट आएकोले सिन्जाली, अर्जेबाट आएकाले अर्याल, वाग्लाबाट आएकाले वाग्ले, ग्यावाबाट आएकाले ग्यावाली, थलाजुङबाट आएकोले थलाजुङे, वनेनेबाट आएकोले वनेम, आदि थर राखे; ख) कर्ममा आधारित – कारवारि काम गरेकोले कार्की, राजाको प्रशासन हेर्ने गरेकोले अधिकारी, राजाको भण्डार हेर्ने गरेकोले भँडारी, आदि; ग) जन्मको समय आधारमा – जेठो भएर जन्मिएकोले (लिम्बू समाजमा) तुम्बापो, भाले बास्ने बेलामा जन्मेकोले (लिम्बू समाजमा) ईङवाबा, आदि ।

‘थर’बाट आफ्नो मूल (Root) खोज्दै जाँदा ‘जात’मा पुगिन्छ र ‘थर’ हराउँछ । ‘जात’बाट मुल (Root) खोज्दै जाँदा ‘गोत्र’मा पुगिन्छ र ‘जात’ हराउँछ । वैज्ञानिकहरूले रक्त समुह (O, A, B, AB) मा मानव समुहहरूलाई वर्गिकरण गरेर पहिचान स्थापित गरे । जस अनुसार एकै रक्त समुहको मानिसले मात्र कुनै विरामी मानिसलाई रगत दिन सक्छ । अर्को रक्त समुहको रगत दिँदा विरामीको शरिरले ग्रहण गर्दैन, प्रतिकृया (Reaction)भएर मर्न पनि सक्छ । तर समान रक्त समुहवालाले रगत दिँदा शरिरले स्वीकार गर्छ । यही हो रगतको साईनो भनेको । एकै रक्त समुहका मानिसलाई उस्तैउस्तै रोग लाग्ने, स्वभाव उस्तैउस्तै हुने, सवल पक्ष र दुर्वल पक्ष उस्तैउस्तै हुने देखियो । अझ पछिल्लो समयमा त वैज्ञानिकहरूले मानव समुहलाई DNA (1. Y-line DNA , 2. Mitochondrial DNA , 3. Autosomal DNA , 4. The X Chromosome) जाँचेर कुनकुन मानव समुह नजिकका हुन र को को टाढाका हुन्? भनि छुट्याउँने तरिका लाई नै‘पहिचान’को वैज्ञानिक आधार मान्न थालिसके – योभन्दा अघिल्ला तरिकाहरू अब विस्तारै पुराना र रुढिवादी हुँदै गईरहेछन् । यही DNA जाँचको आधारमा भारतमा डा. स्वामी सुब्रमन्ययनले भारतीय (ब्रह्मण भनिने) सनातनी मानव समुह र मुस्लीम समुहको DNA एकै भएको पाईएको आधारमा भारतका मुस्लीमहरू मौलिक रुपमा (हिन्दु भनिने) सनातनी ब्राह्मण मानब समुहकै सन्तान हुन् भन्ने प्रमाणित भयो । जसबाट भारतमा धेरै पछि सनातनी मानव सहुमलाई नै मुस्लीम घर्ममा Conversion गरिएका मात्र हुन्’ भनेर पनि प्रमाणित भयो । यसरी भारतका‘हिन्दु भनिने र मुस्लीम भनिने मानव समुह हामी एकै DNA वाला हौँ’ भन्ने नयाँ तर्कसंगत Theory विकास गर्न खोजिरहेछन् । Genetics ले “थर”, “जात”, ‘गोत्र’लाई ‘पहिचान’ मान्ने कुरालाई पुरानो परम्परावादी ‘मीथ’ वा ‘किंवदन्ती’ मा परिणत गरिदिँदैछ । ईतिहासमा यस्तो हुन्छ । नयाँ नयाँ कुरा अनुसन्धानबाट पत्ता लाग्दै गएपछि पुराना कतिपय स्थापित धारणाहरू तथा ज्ञान-गुन ठानिएका विश्वास र मान्यताहरू भत्किन्छन् । खास क्रान्ति भनेको यसरी पुरानो ढल्नु र नयाँ आउँनु त हो ।

४. पहिचान बारे बुझाई: अहिले सम्म चलिरहेको ‘गोत्र’लाई नै ‘पहिचान’को रुपमा स्वीकर गर्ने मानव समुह सनातनी(बाहुन)वालाहरूले पहिचानको अर्थ ‘आफ्नो मूल (Root)’ भनेर बुझ्छन् । उनीहरूको निम्ती भाषा, सँस्कृति, धर्म, जल, जमीन, (पूर्खाहरूको राजनैतिक) ईतिहास पहिचानको विषय भए पनि यी पहिचानका स्थाई तत्व होइनन् । यी तरल र कमजोर किसिमको पहिचानका अस्थाई आधार या तत्व मात्र हुन् । अर्थात, भाषा त जहाँ जहाँ पुगिन्छ त्यहीँको सिकिहालिन्छ र फेरि त्यो देश छोडेर अर्को भाषा बोलिने देशमा पुगे त्यहीँको भाषा (जस्तै: अहिले बेलायत पुगेका(याकथुङहरु)ले पनि अंग्रेजी सिकेका छन् भने कोरिया, जापान, रुस, भारत, हङकङ गएकाले त्यँहीको भाषा सिकेर Survive गर्ने Tool को रुपमा भाषालाई हरेक दिन प्रयोग गरिरहेछन्) सिकिन्छ । ठीक तेस्तै, सँस्कृति पनि जहाँ पुग्यो त्यहीँको सिकिन्छ (जस्तै: काठमाण्डुमा जोशी बाहुन र झा बाहुन, राजबंशी आदि पनि बाहिरबाट आएर यहाँ धेरै पहिले देखि बसोबास गरिरहेछन् जसले Survival strategy का रुपमा नेवारी भाषा र सँस्कृति अबलम्बन गरेकाछन् ।) र फेरि अर्को देश वा क्षेत्रमा पुगे त्यहीँको सँस्कृति सिकिन्छ र अबलम्बन गरिन्छ । तेस्तै, धर्म पनि जुन जुन देशमा पुगिन्छ त्यहाँ बाँच्न सजिलो होस् भनेर आफ्नो मौलिक धर्म छोड्दै (या बाहिर नदेखाई भित्र कायम राखेरै) त्यही देशको धर्म (Survival strategy का रुपमा) ग्रहण गरिन्छ या आफ्नो पुरानो धर्मलाई नै नयाँ सुधारिएको रुप दिईन्छ । फेरि अर्को धर्म मान्ने मुलुकमा कामको सिलसिलमा पुगे र त्यहीको केटा या केटीसँग बिबाह गरे फेरि नयाँ धर्म अबलम्बन गरिन्छ या दोस्रो पुस्ताका सन्तानले अबलम्बन गर्छन । तेस्तै, जमीन भन्ने त झन यस्तो प्राकृतिक स्रोत हो जुन नयाँ ठाउँमा पुग्ना साथ टेकिन्छ । अर्थात, जहाँ जहाँ पुगिन्छ त्यहाँ उभिन, हिँड्न, बस्न वा बसोबास गर्नको निम्ती चाहिने हो जुन कुनै देशको भनिने जमीनलाई कुनैपनि बेला छोड्न सकिन्छ र अर्को मुलुकमा पुगेमा फेरि हासिल गर्नै पर्छ । अझ Epigenetics का अनुसार कुनै मानिस नयाँ (देशको) ठाउँ वा वातावरणमा पुग्दैगर्दा नै मानव शरिरका Cells हरुले त्यहीँको वातावरणमा Adjust हुने काम थालिहाल्छन् । Cells हरुको यही Brilliant चरित्रले नै मानिस जहाँपनि पुगेर Adjust गर्दै जान्छ भनिन्छ । यही भएरै नै अफ्रिकामा उत्पती भएको मानव प्राणी आज सन्सारभरि फैलिएको हो । मानिसहरूमा हुने गरेको Epigenetics प्रकृया जस्तै भाइरसमा नयाँ नयाँ रुप लिने प्रकृयालाई Mutation भनिन्छ, जुन प्रकृयाले गर्दा पहिले पहिचान गरिएको भाइरसको नाम र पहिचान नै फेरिँदै फेरिँदै पछिल्लो भाइरसको नाम Delta virus तथा Omicron आदि हुन पुगेको भर्खरै देखियो । यसले पहिचान भनेको ‘स्थीर’ या ‘स्थाई’ हुँदैन यो निरन्त्र परिवर्तन भइरहन्छ भन्ने प्रमाणित गर्दछ । जिन्दगी नै दिनै परिवर्तन भइरहने भएकोले नै सानो जन्मेको वालक जवान हुने बयस्क हुने, बृध्दावस्थामा पुग्ने र पञ्चतत्वले बनेको शरिर मरेर आफ्नै तत्वहरूमा फर्के जाने गर्छ भनेर अध्येताहरू भन्छन् भने बुध्दको विपश्यना ध्यानमा आनापान गरेर हेर्दै जाँदा शरिरको दुखेको या चिलाएको विस्तारै विस्तारै सर्दै सर्दै गएर हराउँने गरेको प्रकृया देखेपछि बुध्दले “सुख” र “दुख” “नित्य (स्थाई)” होइनन “अनित्य (अस्थाई)” हुन भन्ने सिध्दान्त निकाले ।

अब ईतिहासको कुरा गरौँ – हिजोको (आफ्ना पूर्खाले शासन गरेको) ईतिहास पनि विगतको सन्दर्भ बुझ्न मात्र हो । नयाँ नयाँ युगमा त नयाँ नयाँ ईतिहास लेखिँदै जान्छ । अर्थात, भाषा, सँस्कृति, धर्म, जमीन र ईतिहास भन्ने कुराहरू बाच्नको निम्ती चाहिने औजार (Survival Tools) हुन् । ती ‘पहिचान’का तत्व हुँदैहुवदै अपरिवर्तनीय आधार होइनन बरु तरल, अस्थाई तथा कमजोर आधार हुन् । बलियो आधार भनेको ‘गोत्र’ हो भन्ने अवधारणाका आधारमा सनातनीवाला समुदायले पूर्खाका नाममा आधारित (Genealogy/Ancestry based identity) पहिचान स्थापित गरेर प्रचलनमा ल्याएको बुझिन्छ । अहिले त जीनका आधारमा चिनिने (Genetics based identity) पहिचान सबैभन्दा वैज्ञानिक विधी (Method) हो भन्ने पनि आईसक्यो भनिन्छ । गोत्रको शुत्रमा केही गल्ती हुन सक्छ तर DNA test ले पहिचानको वैज्ञानिक तथ्यसत्य ठ्याम्मै निकालेर राखिदिन्छ ।

५. केही (यहाँ कुरा बझाउँन सजिलोको निम्ती उदाहरण मात्र) याकथुङ समाजमा चलेको‘पहिचान’को मौलिक २ शब्दहरू लिउँ । याकथुङ समाजमा ‘माङगेन्ना’ लगायत कतिपय अनुष्ठान सम्पादन गर्दा ‘ल्हास गोत्र’ हौ कि ‘काशी गोत्र’ हौ? भनी (केही थरी याकथुङहरुका पूर्ख्यौली केलाउँदा) सोधेर पूर्खा (Root) पहिचान गर्न २ शब्द प्रयोग गरेर पुर्ख्यौली पहिचान गर्ने काम गरेको पाईन्छ । ‘काशी’ पश्चिम तिब्बतको एउटा ठाउँको नाम हो जसलाई अचेल कसगर या खसगर पनि भनिन्छ । ‘काशी’ तिरबाट आएको मानव समुहका सन्तान भनेर बुझाउँन ‘गोत्र’ जोडेर (सनातनिहरूको प्रभावमा?) ‘काशी गोत्र’ (काशीबाट बसैँ सरेर नेपाल आउँनेका शाखा-सन्तान भनि जनाउँन) भनेको हुनु पर्दछ । ठीक तेस्तै ‘ल्हास गोत्र’ भन्ने शब्दको पनि अर्थ ‘ल्हासा’ भन्ने (तिब्बतको राजधानी एउटा स्थान) ठाउँबाट बसैँ सर्दै हालको लिम्बुवान क्षेत्रमा आईपुगेको कुनै झूण्ड या गणलाई संकेत गर्न वा पहिचान जनाउँन ‘ल्हासा गोत्र’ (ल्हासाबाट बसैँ सरेर आउँनेका शाखा-सन्तान भनि जनाउँन) राखेको हुनुपर्छ । अहिलेको चलनचल्तीकै ‘लिम्बुवान’को मानिस ‘लिम्बू’ भनेर जमीनलाई पहिचान (Land/Place based identity) पहिचानको आधारभूत तत्वका रुपमा स्थापित गरेको बुझिन्छ ।

६. माथि उल्लेखित तथ्यहरूको आधारमा सनातनी सँस्कृतिवालाले आफ्ना पूर्खाहरूको “नाम” लाई ‘गोत्र’ राखेर (Genealogy/Ancestry based identity) आफ्नो पहिचान स्थापित गरी प्रचलनमा ल्याएको बुझिन्छ भने याकथुङहरूले आफ्नो ‘जमीन’ या ‘गाउँठाउँ’ वा‘देश’ (जस्तै: पूर्खाले बसोबास गरेको काशी वा ल्हासा, आदि हाल लिम्बुावान(भूआकृति)मा बसोबास गर्ने भएकोले ‘लिम्बू’) लाई आफ्नो पूर्ख्यौली जरा (Root) मानेर त्यसै आधारमा (Land/Place based identity) पहिचान स्थापित गरेको बुझिन्छ ।’ याकथुङ’ शब्द चाहीँ जमीनको आधारमा या के का आधारमा बनेको शब्द हो? अनुसन्धान हुँदै जाला । अहिलेलाई ‘याकथुङ’ शब्द Endonym (आफैले आफुलाई वा आफ्नो जाति चिनाउँने शब्द) र ‘लिम्बू’ शब्द Exonym (अरुले हामीलाई चिन्न चिनाउँन दिएको शब्द) हुन । जस्तैः India बृटिशले दिएको (पहिचान गर्ने गराउँने) नाम हो – यो Exonym हो भने आफैलाई “भारत” र “भारतीय” भन्ने शब्दले चिनाउँछन् र उनको राष्ट्रिय गानमा Indian शब्द आउँदैन “भारत” शब्द आउँछ – यो Endonym हो । हरेक मानिसको नाम बाहुनले, लामाले या आमा र बाबाले राखिदिन्छन् – यो Exonym हो । आफैले आफ्नो नाम राखे Endonym हुन्थ्यो । जस्तैः मेरो नागरिकताको नाम डिल्लीविक्रम ईङवाबा हो । यो नाम मैले आफै राखेको होइन – गाउँको एकजना बाहुन जोतिषीले राखेको हो – यो पनि मेरो पहिचान नै हो तर Exonym हो । मैले आफै मेरो कविता लेख्ने नाम चाहीँ ‘विक्रम सुब्बा’ राखेँ – यो मेरो Endonym हो ।

७. माथि छलफल गरेको आधारमा ‘पहिचान’को शब्दार्थ (Semantics) सनातनी(हिन्दु?)वालाहरूको निम्ती आफ्ना ‘पूर्खा’ या ‘गोत्र’सँग जोडेर (Genealogy/Ancestry based identity) चिनिनु हो भन्ने अर्थ लगाएको र सोही अनुसार बुझेको देखियो । जब कि याकथुङहरूको निम्ती त्यही ‘पहिचान’ शब्दको अर्थ ‘आफ्नो जमीनसँग जोडेर (Land/Place based identity) चिनिनु’ भन्ने लगाएको देखिन्छ ।

८. शब्दको अर्थ भनेको के हो?
कुनै शब्द सुन्दा स्रोताको दिमागमा जुन तस्विर उत्रिन्छ त्यही नै अर्थ हो । जस्तै: “धर्म” भन्ने शब्द सुन्दा दिमागमा ‘मन्दिर’ ‘गीता’ ‘पुजा गर्ने कर्मकाण्डी बाहुन’ ‘पुजाका सामग्रीहरू’ ‘कल्याणकारी काम गर्न वरपीपल रोपेको’ ‘पुल पाटी कुवा-धारा बनाएको’ आदिको तस्विरहरु हाजिर हुन्छन् र त्यही नै अर्थ हो । तेस्तै Religion भन्ने शब्द सुन्दा दिमागमा ‘बाइबल’ ‘चर्च’ ‘पादरी’को तस्विर हाजिर हुन्छ र त्यही हो अर्थ । र, ‘लिम्बुवान’ शब्द सुन्दा फक्ताङलुङ, मुकुम्लुङ (पाथीभारा), तमर खोला, सिलौटी, फिदिम टार, याशोक तथा रवी बजार, तेरथुम, धनकुटा, ईलाम र दार्जिलिंग तथा सिक्किम आदि भूभाग दिमागमा हाजिर हुन्छ भने तेही नै हो अर्थ ।

नेपालमा चलेको ‘पहिचान’को आन्दोलनमा ‘पहिचान’ भन्ने शब्द सुन्दा सनातनीहरूको दिमागमा आफ्ना पूर्खा ऋषि-मुनी (गोत्र वा Root) र तिनका सन्तानको तस्विर सहित संस्कृति र कर्मकाण्डका तस्विर उत्रिन्छ । याकथुङले त्यही ‘पहिचान’ भन्ने शब्द सुन्दा दिमागमा आफ्नो ‘गाउँ-ठाउँ’हरूको चित्र र संस्कृति तथा भेषभुषाहरू दिमागमा उत्रन्छ । अर्थात, ‘पहिचान’ शब्दको (नेपालका) फरक फरक सभ्यताका मानिसहरूको दिमागले फरकफरक अर्थ (Meaning) बुझ्दै आएकोले ‘पहिचान’ बारे बुझाईमै समानता नभएकोले अर्थ बुझाईमा बेस्सरी गोलमाल भएको देखिन्छ । गोलमाल भएपछि धमिलो पानीमा बाठो-छट्टुहरूले दाउ पार्ने र माछा मार्ने त भईहाले ।

अन्य मुलुकको पहिचानको परिभाषा:
१. भारत: भारतको पहिचान ‘हिन्दुत्व’ हो । ‘हिन्दुत्व’लाई मुस्लीम, ख्रिश्चियन र जोरष्ट्रियन बाहेक भारतमा बसोबास गर्ने सबै मानिसहरू हिन्दु हुन्’ भनेर परिभाषित गरेर भारतमा ८०% भन्दा बढी हिन्दु छन् भनेर Claim गरे ।

२. अमेरिकाको राष्ट्रिय पहिचान – (पहिले), Country of immigrants (बसैँ सरेर आएकाहरूले बनेको देश) भन्ने गर्दै आएका थिए । Prof. Samuel P. Huntington नामक राजनीतिशास्त्रीले अमेरिकाको पहिचानलाई नियाँ किसिमले (Who Are We-२००४? मा) परिभाषित गरेर लेखे – ‘गेरा छाला, एङ्गलो सेक्शन, र, प्रोटेष्टेण्ट धर्म (WASP: White, Anglo Saxon, and Protestant) नै अमेरिकन पहिचान हो । यी बाहेक अरु पनि मानिस अमेरिकामा बस्छन् तर ती ‘अमेरिकका नागरिक’ मात्र हुन् अमेरिकाको पहिचानकै तत्व होइनन् भने ।

३. चीनले आफ्नो पहिचानलाई: ‘जुनसुकै देशको नागरिक भए पनि चिनीया भाषा र संस्कृति नै हाम्रो पहिचान ।‘ भनेर परिभाषित गरेको देखिन्छ । जसले सन्सारभरिका चिनीयाहरूलाई एकजुट गर्ने चारकिल्लाको काम गरिरहेछ ।

नोट: ईजरायलले पनि यहुदी बच्चा सन्सारको जुनसुकै देशमा जन्मे पनि त्यो मानिस यहुदी हुन्छ र कुनै दिन ईजरायल आएकै दिन उसलाई नागरिकताको प्रमाणपत्र दिईनेछ’ भनेर घोषणा गरेको र सोही अनुसार काम गरिरहेको कुरा पनि यहाँ स्मरणीय छ । यो ईजरायलका यहूदीहरूको पहिचानको बलियो तत्व हो जसलाई ईजरायल सरकारले सचेतनतापुर्वक स्थापित गरेको छ ।

४. बेलयातले आफ्नो पहिचान – ‘अंग्रेजी भाषा बोल्ने र ख्रश्चियन मानिस बृटिश हो’ भनेर परिभाषित गरेको छ ।

नोट २: हरेक देशहरूले आफ्नो राष्ट्रिय पहिचानलाई परिभाषित गरेकाछन् । नेपालको राष्ट्रिय पहिचान के हो? पत्तो छैन । राष्ट्रिय पहिचान यो हो भनेर स्थापित नभएसम्म हरेकले ‘हात्ति छामेर आफ्नो गोरु जोत्ने काम’ गर्ने भए जसले भयानक ‘कन्फ्युज्ड’ गर्ने भयो । ‘कन्फ्युज्ड’ समाज र मुलुक अलमलिएर हैरान हुन्छ अघि बढ्नै जान्दैन-सक्दैन-भेउ पाउँदैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*