भानुभक्तको घाँसी कविताले खडा गरेका गम्भिर प्रश्नहरू – आंगकाजी शेर्पा

भर् जन्म घाँस तिर मन् दिइ धन् कमायो
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो

घाँसी दरिद्रि घरको तर, बुद्धि कस्तो
मो भानुभक्त धनी भइकन आज यस्तो

(१) भानुभक्त आचार्यको ‘घाँसी’ शीर्षकको कवितामा उल्लेख भएको ती घाँसी को हु ? तिनको परिचय के हो ? घर कहाँ हो ? भानुभक्तले यी प्रश्नको उत्तर किन कहि कतै छाडेका छैनन् ?

(२) मोतीराम भट्टका अनुसार भानुभक्तले ‘घाँसी’ कविता लेखेको १८४ बर्ष पुगेकोछ । नेपाली पाठक यति लामो समयसम्म परिचयविहीन घाँसीको प्रशंसा किन गरिरहेका छन् त ?

(३) नेपाली सहित्यका कतिपय अध्येता भानुभक्तले जानीबुझी घाँसीको परिचय लुकाएको आरोप पनि लगाउँछन् !

(४) भानुभक्तले घाँसी पात्रलाई त्यही एउटा कवितामा मात्र प्रयोग गरेका छन् । घाँसी दलित वा जनजाति भएकाले भानुभक्तले परिचय लुकाएको हुन सक्ने केही विद्धान्हरूको मत छ !

(५) शिल्पी थिएटरमा निर्देशक प्रभाकर न्यौपानेको ‘रात चिन्र्या भानु’ नाटकमा घाँसी बाहुन भएको दाबी किन गरियो ?

(६) राष्ट्रिय साहित्यकार बालकृष्ण समले घाँसी आदिवासी ठाडा मगर भएको पुष्टि गरेका छन् र आफ्नो नाटक ‘भक्त भानुभक्त’ मा घाँसीको नाम ठूले ठाडा मगर लेखेका छन् !

(७) अध्येता भाइदाजु (प्रज्ज्वल सिन्धुलीय) ले घाँसी ‘ खड्गबहादुर ठाडामगर’ भएको बताएका छन् !

(८) तनहुँको बुल्दीखोला किनारामा भएको कुवा घाँसीले खनाएको मानिन्छ ।

(९) तीर्थराज भट्टराईका अनुसार ‘घाँसी कुवामा भानुभक्त पानी खान आएका थिए । त्यहीँ भानु र घाँसीबीच वार्ता भएको थियो । घाँसीले बनाएको चौतारो पनि छ !

(१०) भट्टराईले भने, ‘घाँसी बाहुन हुन् भनौँ भने त्यतिवेला बाहुनले अरूको काम गर्न जाने चलन थिएन र छेउछाउमा मगर बस्ती छन् !

(११) मोतिराम भट्टपछि घाँसीको बारेमा लेख्ने नरनाथ नै पहिलो थिए । नरनाथ आचार्यले सो पुस्तकमा उल्लेख गरेअनुसार भानुभक्त ससुराली जाँदा बुल्दीखोला किनाराको बुल्दीफाँटमा घाँसीसँग भेट भएको थियो । अहिले दमौलीनजिक बुल्दीफाँटमै घाँसीले बनाएको भनिएको कुवा छ । बुल्दीफाँट भानुभक्तको ससुराली मानुङ जाने बाटोमा पथ्र्यो । भानुभक्त ससुराली जाँदा सो कुवामा घाँसीसँग भेट भएको नरनाथले उल्लेख गरेका छन् ।

(१२) ०२८ सालमा पृथ्वी राजमार्ग बनाउँदा घाँसीकुवा भत्कियो । राजमार्ग चीन सरकारले बनाइदिएको हो । कुवाको महत्व नबुझ्दा भत्काएर सडक खनिएको थियो । स्थानीयवासीले तनहुँका तत्कालीन प्रजिअ राजेन्द्रपुरुष ढकाललाई घाँसीकुवाको महत्व बताएपछि सडकको उत्तरपट्टि पानीट्यांकीजस्तो कुवा बनाउन लगाएको प्रा.डा. व्रतराज आचार्यले आफ्नो पुस्तक ‘आदिकवि भानुभक्त जीवनी र कविताको सम्परीक्षण’मा उल्लेख गरेका छन् ।

(१२) कुवा संरक्षण र पार्क निर्माणका लागि पन्थ परिवारले नै जग्गादान गरे ।
पन्थ परिवारको जग्गामा कुवा भएकाले घाँसी उनीहरूकै पुर्खा हुनुपर्ने प्रा.डा. व्रतराज आचार्यको भनाइ छ ! तर, भानुभक्तले ‘घाँसी दरिद्री घरको’ भनेर कवितामा स्पष्ट लेखेकाले व्रतराजले भनेजस्तो घाँसी प्रशस्त जग्गाजमिन र गाईवस्तु भएका थिए भन्ने पुष्टि हुँदैन ।

(१३) भानुको जीवनमा आधारित नाटकका लेखक/निर्देशक प्रभाकर न्यौपाने पनि घाँसी काल्पनिक पात्र भएको बताउँछन् । भानुभक्तको वंशज भेटिएजस्तै घाँसीको वंशज नभेटिनु, घर कहाँ थियो कसैले भन्न नसक्नुले पनि उनी काल्पनिक पात्र हुन सक्ने प्रभाकरको भनाइ छ ।

प्रथम घाँसी जयन्ती

हातमा औजार र ज्याबल लिएर
आफ्नै मेहनतले महिनौ लगाएर
आदिवासी घाँसीले
पानीको कुवा खनायो !

मुखमात्र चलाउन जान्ने
काम केहि पनि गर्न नजान्ने
भानुभक्तले केहि घण्टा भित्र
कागजमा एउटा कविता बनायो !

कविता लेख्ने भानुभक्तको
चर्चा चलायो चारै तिर खूब !
समाज सेवा र पुण्य कर्म गर्ने
घाँसीबारे इतिहास किन बस्यो चूप ?

विभेदकारी इतिहास सच्याउनै पर्छ
नत्र, घाँसीको पहिचान मेटिन्छ !
जितेकाहरूले लेखेको इतिहासमा
हारेका जातीको कथा कहाँ भेटिन्छ !

कविता लेख्न प्रेरणा दिने
घाँसी खडग ठाडा मगरको नाम
भानुभक्ताले किन लुकायो
भानुभक्तको भन्दा घाँसीको
शालिक सानो कस्ले बनायो ?

पानी लिन टाढा जानु पर्ने
सयौ नारीहरूको पीडा देखेर
घाँसीले गाऊॅंमै कुवा खनायो

नारीहरू कदापी हाँस्नु नहुने
नारी स्वतन्त्रता विरोधी
बधुशिक्षा कविता चाहि
भानुभक्तले बनायो !

मनाउछौ जयन्ती अबदेखि तिम्रो
जय जयकार पनि तिम्रै गर्नेछौ
भानुभक्तलाई आदिकवि होईन
तिमीलाई आदिकवि बनाई छाडनेछौ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*